विराटनगरमा सातदिने सेल्फ मेकअप तालिम सम्पन्न

<span class='c1'>विराटनगरमा सातदिने सेल्फ</span> <span class='c2'>मेकअप तालिम सम्पन्न</span>

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ५ भित्र रहेका महिलाहरुलाई आत्मनिर्भर बनाउन आयोजना गरिएको सातदिने सेल्फ मेकअप तालिम सम्पन्न भएको छ ।
अविराटनगर महानगरपालिका ५ नम्बर वडाको आर्थिक सहयोग तथा मिनाज ब्यूटि केयर एण्ड पार्लरको आयोजनामा सातदिने सेल्फ मेकअप त तालिम असम्पन्न भएको हो ।

विराटनगर ५ नम्बर वडा भित्रका महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले आयोजना गरिएको सेल्फ मेअकप तालिममा एक दर्जन बढी महिलाहरुको सहभागिता रहेको मिनाज ब्यूटि केयर एण्ड पार्लरको संचालिका तथा प्रशिक्षक भलि सुब्बाले जानकारी दिइन् ।

समापन कार्यक्रमको प्रमुख अतिथि विराटनगर ५ का वडाअध्यक्ष सन्तोष न्यौपानेले महिलाहरुलाई आत्मनिर्भर बनाउनको लागि सिपमुलक तालिमहरु आवश्यक रहेको बताए । आगमी दिनमा पनि यस्ता तालिमहरु वडा कार्यालयले दिएर अगाडी बढने बताए । तालिममा सिकेको ज्ञान व्यर्वहारमा उतारेर आत्मनिर्भर बन्नुपर्नेमा वडाअध्यक्ष न्यौपानेले जोड दिए ।

तालिममा सहभागी भएका प्रशिक्षार्थीहरुले पनि सिकेको सिप व्यर्वहारमा उतारेर अगाडी बढ्ने बताए । कार्यक्रममा विराटनगर ५ का वडा सदस्यहरु अन्जु दाहाल, रोम बहादुर भट्टराई, राधा देवी पासवान र सुर्यलाल उराउ रहेका थिए । कार्यक्रममा सहभागीहरुलाई प्रमाण तथा अतिथीहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो । उक्त कार्यक्रम संचालन ब्यूटिसियन बसन्ती गुरूङले गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्