बुढासुब्बा गोल्डकप प्रतियोगिता : आरटीसी क्लब भुटान सेमिफाइनलमा

<span class='c1'>बुढासुब्बा गोल्डकप प्रतियोगिता :</span> <span class='c2'>आरटीसी क्लब भुटान सेमिफाइनलमा</span>

काठमाडौं । इटहरी विरुद्ध सानदार जित निकाल्दै भुटानको रोयल थिम्पु कलेज २५ औं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

भुटान प्रिमियर लिग खेल्ने टिम रोयल थिम्पु कलेजले इटहरीको राष्ट्रिय जागृती क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । सेमिफाइनलमा भुटानले चर्च ब्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ ।

भुटानले खेलको सातौ मिनेटमा नै अग्रता लिएको थियो । नोयेदा योसेलको पासमा सोनाम योसेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले अग्रता बनाएको भुटानले दोस्रो हाफमा थप ३ गोल गरेको थियो । दोस्रो हाफको ९ औ मिनेटमा सोनाम जुग्द्रुलले गोल गरेका थिए । इटहरीको डिबक्स एरियामा डिफेन्सले क्लियर गर्न नसकेको बललाई सोनामले दोस्रो बार च्याप्दै जाली चुमाएका थिए ।

दोस्रो हाफको ५३ औं मिनेटमा कर्मा जम्सोले गोल थप्दै टोलीलाई ३–० को स्थितिमा पुर्‍याएका थिए । कर्माले प्रहार गरेको बल इटहरीका गोल किपर सन्दिप लिम्बूले नियन्त्रणमा लिन नसक्दा बलले गोल लाइन क्रस गरेको थियो । दोस्रो हाफको ७० औं मिनेटमा सोनाम योसेको पासलमा नयन्दा योसेनले गोल गर्दै टिमको जित निश्चित गरे ।

खेलको म्यान अफ द म्याच भुटानका सोनाम योसे घोषित भए । उनलाई नगद १० हजार पुरस्कार प्रदान गरिएको थियो ।
तीन विदेशी खेलाडी सहित मैदानमा उत्रिएको इटहरी भुटानको तुलनामा शारिरीक रुपमा बलियो देखिन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्