विराटनगरमा ‘डेजल प्रोडक्सन हाउसको एकै ठाँउमा जिम र डान्स सेन्टर

<span class='c1'>विराटनगरमा ‘डेजल प्रोडक्सन हाउसको एकै</span> <span class='c2'>ठाँउमा जिम र डान्स सेन्टर</span>

विराटनगर । आधुनिक जिम तथा नृत्य प्रशिक्षणको नयाँ गन्तव्यका रूपमा ‘डेजल प्रोडक्सन हाउस प्रा.लिले विराटनगरको जलजला चोकमा सञ्चालनमा ल्याएको छ ।

करिब २ करोड रुपैयाँको लगानीमा स्थापना गरिएको यस संस्थाले फिटनेस तथा डान्स प्रशिक्षणलाई व्यवस्थित, आधुनिक र प्रमाणित रूपमा प्रदान गर्ने लक्ष्य लिएको छ । डेजल प्रोडक्सन हाउसमा जिम, जुम्बा, साल्सा, हिपहप, क्लासिकल तथा अन्य बिभिन्न डान्स शैलीको प्रशिक्षण प्रदान गरिनेछ । साथै, नृत्य प्रशिक्षणलाई प्रमाणपत्र तहसम्म विस्तार गर्दै यस क्षेत्रका प्रशिक्षार्थीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अवसर प्रदान गर्ने योजना बनाइएको छ।

संस्थाका सञ्चालक श्याम देव साहका अनुसार यस जिम तथा डान्स एकेडेमीमा वल्र्ड क्लास ट्रेनरहरूबाट प्रशिक्षण प्रदान गरिनेछ। “फिटनेस र नृत्य दुबै स्वास्थ्य र आत्मविश्वासका लागि महत्त्वपूर्ण छन्। त्यसैले, इच्छुक व्यक्तिहरू ढुक्क भएर डेजल प्रोडक्सन हाउससँग आबद्ध हुन सक्नुहुन्छ,” साहले बताए। फिल्म मेकर तथा कोरियोग्राफर साइमन राजवंशीले डान्स कोर्सहरूबारे जानकारी दिँदै भने, “डेजल प्रोडक्सन हाउसले पेशागत रूपमा प्रशिक्षण प्रदान गर्दै यहाँका प्रशिक्षार्थीहरूलाई फिल्म तथा म्युजिक भिडियो उद्योगमा अवसर दिलाउने लक्ष्य राखेको छ । डेजल प्रोडक्सन हाउसमा आधुनिक जिम उपकरण, कार्डियो भास्कुलर फिटनेस मेसिन, वेट ट्रेनिङ उपकरण तथा व्यक्तिगत प्रशिक्षण सेवा उपलब्ध छ। फिटनेस तथा स्वास्थ्यप्रति सचेत रहन चाहनेहरूका लागि यो संस्थान एक उत्कृष्ट गन्तव्य बन्ने विश्वास लिइएको छ।


बसन्त पञ्चमीको दिनबाट सुरु भएको जिम खाना तथा जुम्माको प्रमुख अतिथि महेश महर्जनले रिबन काटेर संस्थाको उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा विराटनगरका विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्