ह्याक भएको नेपाल राष्ट्र बैंक विराटनगरको बोर्ड बन्द

<span class='c1'>ह्याक भएको नेपाल राष्ट्र</span> <span class='c2'>बैंक विराटनगरको बोर्ड बन्द</span>

इशु पन्त
विराटनगर । नेपाल राष्ट्र बैंक विराटनगरको ह्याक भएको डिजिटल बोर्ड बन्द भएको छ ।

आज (मंगलबार) साँझदेखि बैंकको प्रवेशद्वारमा राखिएको बोर्ड ह्याकरको कब्जामा पुगेपछि बोर्ड बन्द गरिएको बैंकले जनाएको छ। ह्याक भएको बोर्डमा अङ्ग्रेजीमा ‘आई लभ यू खुश्बु’ लेखिएको थियो ।

ह्याक भएपछी प्रवेशद्वारमा राखिएको डिजिटल बोर्ड बैंकले बन्द गरेको छ । बोर्ड ह्याक भएको अनुमान गरे पनि आफ्नै त्रुटि भएको हुन् सक्ने बैंकमा कार्यरत कर्मचारीहरुमध्ये एक जनाले बताए । उनका अनुसार डिजिटल बोर्डमा लेख्ने त हो नी,यही बाट गल्ती हुन सकेको बताएका छन्। ह्याक कसले गरेको भनेर अनुसन्धानपछि पत्ता लागे कानुनी कारबाही गर्ने प्रहरीले जनाएको छ । नेपालमा पछिल्लो समय सार्वजनिक स्थानमा राखिएका डिजिटल बोर्ड ह्याक गर्ने घटना बढेका छन् । सरकारी कार्यालय र विभिन्न संस्थाले राखेका डिजिटल बोर्ड ह्याक भइरहेका छन् ।

कुनै आइटी सम्बन्धी जानकारी राख्ने व्यक्तिले आफ्नी प्रेमिकालाई ‘इम्प्रेस’ पार्न उक्त बिजाइँ गरेको प्रहरीको अनुमान छ । अथवा त्यहाँ पर्पोज गरेर आफ्नो प्रेमीकालाई प्रभावित पार्न खोजेको पनि हुन सक्छ। तर, अनुसन्धानपछि पत्ता लागे कानुनी कारबाही गर्ने प्रहरीले जनाएको छ । सेवाग्राहीलाई सूचना दिन यस्ता बोर्ड कार्यालयमा राखिन्छन् । तर, केही व्यक्तिले चर्चा पाउन र सम्बन्धित संस्थालाई बदनाम गर्ने नियतले डिजिटल बोर्डको पहुँच नियन्त्रणमा लिने र इच्छा लागेका शब्द राखिदिने प्रवृत्ति देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्