विराटनगरको शिक्षादिप कलेजमा विद्यार्थीहरुको साप्ताव्यापी कार्यक्रम सुरु

<span class='c1'>विराटनगरको शिक्षादिप कलेजमा विद्यार्थीहरुको</span> <span class='c2'>साप्ताव्यापी कार्यक्रम सुरु</span>

विराटनगर । विराटनगरमा रहेको शिक्षादिप कलेजका विद्यार्थीहरुको सर्वाङ्गीण विकासको निम्ती साप्ताव्यापी शैक्षिक क्रियाकलापका कार्यक्रम सुरु भएको छ । पढाईका अतिरिक्त विद्यार्थीहरुको व्यावहारिक ज्ञान र सीपमा सक्षम बनाउनको लागि साप्ताव्यापी कार्यक्रम सुरु गरिएको कलेजले जनाएको छ ।

शिक्षादिप कलेजमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुको लागि आईटी वर्कसप, रोवटिक , सेटालाईट , एविएसन , एस्ट्रोनमी वर्कसप, व्रिटिस काउन्सिलद्धारा आईएल्स सेमिनार जस्ता कार्यक्रम संचालन भईरहेको कलेजका प्रिन्सीपल ज्ञानु बहादुर खड्काले जानकारी दिनुभयो । यसैविच बुधबार कलेजसभा हलमा ब्रिटिस काउन्सिलका प्रतिनिधी सन्नि सिंहले विद्यार्थीहरुलाई आइएल्स सम्बन्धी सहजीकरण गरेका थिए ।


साप्ताव्यापी कार्यक्रममा सहभागी विद्यार्थीहरुले वर्कसपमा सिकेका कुराहरुलाई यही माघ २७ गते आईतबार विराटनगरको सिटी प्यालेसमा एक भव्य समारोह विच प्रदर्शनी गर्ने प्रिन्सीपल खड्काले बताउनुभयो । पाठ्यक्रममा रहेका सम्बन्धित विषय वस्तुहरुलाई समेटेर अहिले ४ सय भन्दा बढी विद्यार्थीहरु वर्कसपमा लागेका छन् ।
साथै विद्यार्थीहरुको क्यारीयर सम्बन्धमा हरेक शनिबार मेडिकल ईन्जिनियरिङको तयारी कक्षाहरु समेत संचालन हुदै आएको कलेजले जनाएको छ । गुणस्तरीय शिक्षा र उत्कृष्ट शैक्षिक वातावरणमा पढाई हुदै आएको कलेज कोशी प्रदेशको एक उत्कृष्ट स्थानमा पर्दै आएको छ ।

शिक्षादीप कलेजले विद्यार्थीहरूको शैक्षिक तथा व्यक्तित्व विकासका लागि पढाईका अतिरिक्त विविध कार्यक्रमहरू निरन्तर आयोजना गर्दै आएको छ । जसले विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान र सीपमा सक्षम बनाउन महत्वपूर्ण भूमिका खेलिरहेको कलेजको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्