चर्च ब्वाइज पुग्यो बुढासुब्बा गोल्डकपको फाइनलमा

<span class='c1'>चर्च ब्वाइज पुग्यो</span> <span class='c2'>बुढासुब्बा गोल्डकपको फाइनलमा</span>

काठमाडौं । भुटानको आरटिसीलाई ७–० गोलले हराउँदै ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड २५औं बुढासुब्बा गोल्डकपको फाइनलमा पुगेको छ ।

बुधबार भएको प्रतियोगिताको पहिलो सेमिफाइनलमा दुई खेलाडीले ह्याट्रिक गर्दा चर्च ब्वाइजले ७–० को शानदार जित निकालेको हो ।

चर्च ब्वाइजका लागि समिर तामाङ र अर्माण्ड बेडुमले ह्याट्रिक पूरा गरे । समीरले खेलको २१ औं, २६ औं र ८५औं मिनेटमा गोल गरेका थिए ।
अर्मान्डले २७ औं, ५० औं र ५२ औं मिनेटमा गोल गरे । प्रतियोगिताको दोस्रो सेमिफाइनलमा बिहीबार भारतको युकेएफसी र नेपालको एनआरटी प्रतिस्पर्धा गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्