विराटनगर महानगरद्वारा मासिक ज्यालादारी सफाई कर्मचारीको जीवन बिमा गरिने

<span class='c1'>विराटनगर महानगरद्वारा मासिक ज्यालादारी सफाई</span> <span class='c2'>कर्मचारीको जीवन बिमा गरिने</span>

विराटनगर। विराटनगर महानगरपालिकाले आफ्ना मासिक ज्यालादारीमा कार्यरत १७ जना सफाई कर्मचारीको जीवन बिमा गर्ने भएको छ। यसका लागि महानगरपालिकाले गार्डेन माइक्रो लाइफ इन्स्युरेन्ससँग सम्झौता गरेको छ।

महानगरपालिकाका स्थायी कर्मचारीहरू कर्मचारी सञ्चय कोष र केही कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध रहेका छन्। तर यी दुवै कोषमा नपरेका सफाई कर्मचारीहरूको लागि यो बिमा योजना ल्याइएको हो।

शुक्रबार गार्डेन माइक्रो लाइफ इन्स्युरेन्सका प्रदेश प्रमुख सरोज पौडेल र महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद ढुंगेलबीच सम्झौतामा हस्ताक्षर भएको छ।

महानगरपालिका सरसफाई शाखा प्रमुख पूनम दाहालका अनुसार कर्मचारीको बिमा रकम उनीहरूको खातामा जम्मा भएपछि मात्र कार्यान्वयनमा आउनेछ। महानगरले प्रति कर्मचारी वार्षिक २ हजार रुपैयाँका दरले १७ जनाको कुल ३४ हजार रुपैयाँ भुक्तानी गर्नेछ। उमेर अनुसार भुक्तानी रकममा घटबढ हुन सक्ने जनाइएको छ।

प्रत्येक कर्मचारीको ५ लाख रुपैयाँ बराबरको जीवन बिमा हुने र दुर्घटना भएको खण्डमा १० प्रतिशत बिमा रकम पाउने व्यवस्था गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्