अर्किड कलेजद्धारा उत्कृष्ट ६० विद्यार्थीलाई ३ लाख बरावरको नगद पुरस्कार प्रदान

<span class='c1'>अर्किड कलेजद्धारा उत्कृष्ट ६० विद्यार्थीलाई ३</span> <span class='c2'>लाख बरावरको नगद पुरस्कार प्रदान</span>

विराटनगर । विराटनगरमा रहेको अर्किडक कलेजले उत्कृष्ट ६० जना विद्यार्थीहरुलाई ३ लाख बरावरको नगद पुरस्कार वितरण गरेको छ । कलेज परिसरमा शनिबार एक कार्यक्रम आयोजना गरी उत्कृष्ट हुने विद्यार्थीहरुलाई नगद पुरस्कार वितरण गरेको हो ।


विज्ञान तथा मेनेजमेन्ट संकायका कक्षा ११ र १२ मा उत्कृष्ट १५ भित्र पर्ने ६० जना विद्यार्थीहरुलाई नगद पुरस्कार वितरण गरिएको कलेजका प्रिन्सिपल सिएम श्रेष्ठले जानकारी दिए । विद्यार्थीका अभिभावक सहितको उपस्थित कार्यक्रममा कलेजले अभिभावकहरुलाई समेत खदा लगाई सम्मान गरेको थियो । साथै हिसान मोरङद्धारा २०८१ सालमा सञ्चालित कक्षा ११ को बार्षिक परीक्षामा सम्मिलित भई अर्किड मा.वि विराटनगरको तर्फबाट सर्वोउत्कृष्ट अंक प्राप्त गर्ने प्रतिभा सिग्देल र छात्र तर्फ एन्जिल दाहाललाई सम्मान पत्रले सम्माने गरिएको थियो ।


आगामी वर्षमा मेडिकल तथा टप ५० मा नाम निकाल्ने विद्यार्थीहरुलाई कलेजले ५० हजार बरावरको पुरस्कार वितरण गर्ने घोषण गरेको छ । पूर्ण छात्रवृत्तीमा नाम निकाल्ने विद्यार्थीहरुलाई जनही २० हजार पुरस्कार वितरण गर्ने कलेजका प्रिीन्सपल श्रेष्ठले बताए । त्यसैगरी इन्जिनियरिङ तर्फ उत्कृष्ट ५० भित्रमा नाम निकाल्ने विद्यार्थीलाई नगद ५० हजार र पूर्ण छात्रवृत्तीमा नाम निकाल्ने विद्यार्थीहरुलाई जनही २० हजार पुरस्कार वितरण गर्ने कलेजले जनाएको छ । त्यसैगरी नेपाल प्रथम गर्नेलाई १ लाख र कोशी प्रदेश प्रथम गर्नेलाई ५० हजार रुपैयाँ पुरस्कार वितरण गर्ने कलेजले घोषणा गरेको छ । त्यसैगरी कलेजले हिसान मोरङले आयोजना गरेको स्पोट्र्स मिटमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पनि प्रमाणपत्र सहित सम्मान गरेको थियो ।


सम्मानित विद्यार्थीहरुलाई कलेजका अध्यक्ष अमित ढकाल, प्रिन्सिपल सिएम श्रेष्ठ, कार्यक्रम संयोजक मनोज तिवारी, प्याब्सन मोरङका वरिष्ठ उपाध्यक्ष मोहन बुढाथोकी, कोषाध्यक्ष विष्णु डंगोल, सदस्य ईन्द्र राई, विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए । कार्यत्रममा सहभागी अतिथीहरुले उत्कृष्ट हुने विद्यार्थीहरुको उज्जवल भविष्यको कामना गर्दै आउने दिनहरुको पनि यसरी नै पढाईमा अब्बल भई कलेजको नाम रोशन गर्न शुभकमना दिए । कलेजका डाईरेक्टर दिपेश बास्तोलाले अर्किड कलेज पढाईमा मात्र नभई खेलकुद क्षेत्रमा पनि उत्तिकै अब्बल रहेको सुनाए । अर्किड कलेज कोशी प्रदेशमा एक उत्कृष्ट कलेज भएको दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्