एनसीडीए कोशी प्रदेशको अध्यक्षमा धनराज काफ्ले विजयी

<span class='c1'>एनसीडीए कोशी प्रदेशको अध्यक्षमा</span> <span class='c2'>धनराज काफ्ले विजयी</span>

विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडीए) कोशी प्रदेशको भएको निर्वाचनमा विराटनगरका धनराज काफ्ले विजयी भएका छन् । विराटनगर अस्पताल चोकमा रहेको एपोलो फार्मेसीका संचालन काफ्लेले झापा विर्तामोडमा रहेको ओसन मेडिकियर प्रालिका संचालक नगेन्द्रप्रसाद बराललाई २१ मतान्तरले पराजीत गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।

निर्वाचनको अन्तिम मत परिणाम अनुसार अध्यक्षमा निर्वाचित काफ्लेले ७२ मत प्राप्त गरेका छन् भने बरालले ५१ मत प्राप्त गरेका छन् । अध्यक्षमा निर्वाचित काफ्ले वर्तमान कार्यसमितिको खुद्रातर्फ उपाध्यक्ष रहेका थिए । बराल वरिष्ठ उपाध्यक्ष थिए ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा झापाका सूर्यप्रसाद कोइराला विजयी भएका छन् । उनले विराटनगरका लक्ष्मीप्रसाद तिम्सिनालाई ३३ मतान्तरले पराजीत गरेका हुन् । निर्वाचनमा कोइरालाले ७८ मत प्राप्त गरेका छन् । त्यस्तै थोक उपाध्यक्षमा विराटनगरका सुदिनध्वज श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठले झापाका खेमराज बस्नेतलाई ९ मतले पराजीत गर्दै निर्वाचित भएका छन् । मतपरिणाम अनुसार श्रेष्ठले ६६ मत प्राप्त गरेका छन् ।

त्यसैगरि महासचिवमा विराटनगरका लक्ष्मण माझी चौधरी निर्वाचित भएका छन् । माझीले सुनसरीका रविन्द्र घिमिरेलाई ३ मतको झिनो मतान्तरले पराजीत गरेका हुन् । विजयी भएका माझीले ६३ मत प्राप्त गरेका छन् भने घिमिरेले ६० मत प्राप्त गरेका छन् ।

त्यस्तै उपकोषाध्यक्षमा झापाका सेवक दाहाल विजयी भएका छन् । दाहालले मोरङ गछियाका पुष्पराज पोखरेललाई ३८ मतको फराकिलो मतान्तरले पराजीत गरेका हुन् । दाहालले ८१ मत प्राप्त गरेका छन् भने पोखरेलले ४३ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक अधिवक्ता गणेश लुईटेलले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्