फागुन ५ गतेदेखि अन्तराष्ट्रिय महिला च्याम्पियनसिप

<span class='c1'>फागुन ५ गतेदेखि</span> <span class='c2'>अन्तराष्ट्रिय महिला च्याम्पियनसिप</span>

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा ‘अन्तराष्ट्रिय महिला च्याम्पियनसिप २०२५’ आयोजना हुँदैछ ।

मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै संघ फेब्रुअरी १७ देखि २६ (२०८१ फागुन ५ गतेदेखि १४ गतेसम्म) दशरथ रंगशालामा च्याम्पियनसिप आयोजना हुन लागेको जानकारी गराएको हो ।

एएफसि महिला एसियन कप/फिफा महिला विश्व कपको तयारी स्वरुप यो प्रतियोगिता आयोजना गर्न लागिएको हो । फिफा अन्तराष्ट्रिय विन्डोज अन्तर्गत खेलिने यस अन्तराष्ट्रिय प्रतियोगितामा नेपाललगायत किर्गिस्तान, म्यानमार र लेवननको सहभागिता रहनेछ । सहभागी टोलीहरु मध्ये किर्गिस्तान फेब्रुअरि १३ र अन्य दुई टोली फेब्रुअरी १४ मा काठमाडौं संघले जानकारी दिएको छ ।

सहभागी टोलीलाई एन्फा कम्प्लेक्सको खेल मैदान र नेपाली सेनाको भद्रकाली खेल मैदानमा प्रशिक्षण गर्ने व्यवस्था गरिएको छ । नेपालमा पहिलोपटक चार राष्ट्र सम्मिलित अन्तराष्ट्रिय महिला फुटबल प्रतियोगिताको आयोजना हुन लागेको हो । प्रतियोगिताको तयारीका लागि हाल ३० सदस्यीय नेपाली राष्ट्रिय महिला टोली मुख्य प्रशिक्षक राजेन्द्र तामाङ्गको नेतृत्वमा बन्द प्रशिक्षणमा रहेको छ । प्रतियोगिताका खेलहरु राउन्ड रोबिन आधारमा खेलि शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ । खेलहरु दिनको दिउसो २ र साँझको ६ बजे खेलिनेछ । एन्फाले प्रतियोगिताको तयारी पुरा गरिएको छ । प्रतियोगिताको टेलिभिजन प्रसारण, मार्केटिङ, टिकटिङ र डिजिटल अधिकार ब्रान्ड डिजिटल लोजिक प्रालिलाई प्रदान गरिसकिएको छ ।

प्रतियोगिताका सम्पुर्ण खेलहरु कान्तिपुर म्याक एच्डिबाट प्रत्यक्ष प्रशारण गरिनेछ । प्रतियोगिताको टिकट दर साधारण पारापिट तर्फ रु ५०० र भीआइपी तर्फ रु १००० तोकिएको छ । टिकट खल्तीबाट किन्न सकिनेछ । प्रतियोगिताको अनुमानित बजेट रु २,५०,५६,१०४ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्