धनुषामा हत्या गरेको अभियोगमा एक जना पक्राउ

<span class='c1'>धनुषामा हत्या गरेको अभियोगमा</span> <span class='c2'>एक जना पक्राउ</span>

धनुषा । धनुषाको जनकनन्दनी गाउँपालिका—५ उधा बस्ने ६५ वर्षीया समुन्द्री देबी मण्डलको हत्या गरेको अभियोगमा उनकै बुहारी ३५ वर्षीया रक्षा कुमारी मण्डल पक्राउ परेकी छन् ।

मंगलबार राति घरायसी वादविवादको क्रममा उनीहरूबीच झै—झगडा भई कुटपिट हुँदा समुन्द्रीको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनास्थलबाट खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खजुरीबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न रक्षा कुमारीलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । यस घटनामा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको पनि जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्