काठमाडौं । टाइम्स ‘ए’ ले अन्तर्राष्ट्रिय थ्रीबाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको उपाधि जितेको छ।
बुधबार राति भएको फाइनलमा राइभल पाकिस्तानलाई २१–१७ ले हराउँदै टाइम्स ‘ए’ लगातार दोस्रो पटक उपाधि जितेको हो।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको खेलमा टाइम्सलाई जित दिलाउन सदीश प्रधानको प्रदर्शन उत्कृष्ट रहयो।
यसअघि बुधबार नै भएको पहिलो सेमिफाइनलमा राइभल इन्डियालाई टाइम्सले २१–१३ ले हराउँदै फाइनलमा स्थान बनाएको थियो । दोस्रो सेमिफाइनलमा भने राइभल पाकिस्तानले आर्मी ‘बी’ लाई २१–१८ ले माथ दिएको थियो।
टाइम्स ‘ए’ का सदीश प्रधान सर्वाेत्कृष्ट खेलाडी घोषित भए । नेपाल बास्केटबल संघ र थ्री बाई थ्री नेपालको आयोजनामा सम्पन्न दोस्रो संस्करणमा नेपालबाट २४, बंगलादेशबाट ४, भारतबाट ३ र पाकिस्तानबाट १ गरी कुल ३२ टोलीको सहभागिता रहेको थियो।