मोरङ र इलामबाट प्रतिबन्धित लागूऔषधसहित चार जना पक्राउ

<span class='c1'>मोरङ र इलामबाट प्रतिबन्धित</span> <span class='c2'>लागूऔषधसहित चार जना पक्राउ</span>

विराटनगर। मोरङ र इलामका विभिन्न स्थानहरुबाट प्रतिबन्धित लागूऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार विराटनगर महानगरपालिका-१७ स्थितबाट इलका प्रहरी रानी र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेको प्रदेश १-०२-०५४ प २१३६ नम्बरको मोटरसाईकल चालक मोरङ बेलबारी नगरपालिका-४ का ३२ वर्षीय बिजय राईलाई २ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । भने इलका प्रहरी कार्यालय बाट खटिएको प्रहरी टोलिले पथरीशनिश्चरे-१ का ३३ वर्षीय बाल कृष्ण परियार र २० वर्षीय मौषम धिमाललाई १०५ चक्की ट्रमाडोल सहित नियन्त्रणमा लिएको छ ।

त्यसैगरी प्रहरी चौकी महमाई इलामबाट खटिएको गस्ती टोलीले माई नगरपालिका-७ का ४५ वर्षीय टेक बहादुर लिम्बुलाई ७० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

लागूऔषध सहित पक्राउ परेका उनीहरुको घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्