विराटनगरमा आत्मारक्षाको लागि किशोरीलाई तीन दिने ‘सेल्फ डिफेन्स’ तालिम

<span class='c1'>विराटनगरमा आत्मारक्षाको लागि किशोरीलाई तीन</span> <span class='c2'>दिने ‘सेल्फ डिफेन्स’ तालिम</span>

विराटनगर । विराटनगरमा तीन दिने महिला सेल्फ डिफेन्स तालिम सुरू भएको छ । प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजना र समृद्ध समाज नेपालको समन्वयमा विराटनगरमा बिहीबारदेखि उक्त तालिम सुरु भएको हो ।


तालिमको उद्घाटन प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम ) ले गरे । कार्यक्रममा बोल्दै उनले किशोरीहरुलाई आत्मारक्षा र हिंसा रोक्नको लागि प्रदेशभरी यस्तो कार्यक्रम सुरु हुने बताए । कानुनी र संवैधानिक कुराहरुको बारेमा पनि विद्यार्थीहरुलाई जानकारी गराउने उनले बताए । कोशी प्रदेशको राजधानी विराटनगरबाट यस्तो कार्यक्रमको सुरुवात भएको उनले बताए । विस्तारै अरु जिल्लाहरुमा पनि सेल्फ डिफेन्स तालिम सुरु हुने सदस्य सचिव बस्नेतले जानकारी दिए । ‘हामीले दुई खण्डमा कार्यक्रम विभाजन गरिएको छ । यसैसँग जोडेर योगाको कार्यक्रम पनि छुट्टै गर्ने तयारी गरिएको छ । तराइमा धेरै महिला हिंसाको घटनाहरु हुने गरेको छ ।

कार्यक्रममा प्रदेश खेलकुद विकास बोर्डको सदस्य थलुराज भण्डारी, जिल्ला खेलकुद विकास समिति मोरङका अध्यक्ष सुरज श्रेष्ठ, कोशी प्रदेश आईटीएफ तेक्वान्दो संघका संस्थापक अध्यक्ष तथा नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका अध्यक्ष प्रवीणकुमार कार्कीले हिंसा रोकथाम र नियन्त्रणको लागि महिलाहरुलाई सेल्फ डिफेन्स तालिम आवश्यक रहेको बताए । उनीहरुले तालिमको सिकेको ज्ञान साथीहरुलाई पनि सिकाएर हिंसा रोकथाम र नियन्त्रण गरेर अगाडी बढनुपर्नेमा जोड दिए ।


कार्यक्रममा स्वागत मन्तब्य राख्दै कार्यक्रम संयोजक तथा नेपाल खेलकुद महासंघको केन्द्रीय सचिवालय सदस्य शान्ता जोशीले सेल्फ डिफेन्स तालिमले किशोरीहरुलाई आत्मरक्षा र सक्षम बनाउने मात्रै नभएर आत्मविश्वास अभिवृद्धि गरी सामाजिक अपराध न्यूनीकरणमा ठूलो सहयोग पुग्ने बताइन् ।


कार्यक्रमको अध्यक्षता गरेकी समृद्ध समाज नेपालकी अध्यक्ष कला डाँगीले किशोरीहरुलाई आत्मरक्षा गर्न सक्षम बनाउने मात्रै नभएर आत्मविश्वास अभिवृद्धि गरी सामाजिक अपराध न्यूनीकरणमा लाग्नुपर्नेमा जोड दिइन् । तालिमबाट प्राप्त गरेका ज्ञानलाई व्यवहारमा लागू गर्दै साथीलाई समेत सिकेका कुरा बुझाउन उनले आग्रह गरिन् । आइतबारसम्म संचालन हुने उक्त तालिममा १३ वटा विद्यालयका एक सय बढी किशोरीहरुको सहभागि रहेको अध्यक्ष डाँगीले बताइन् । तालिमको प्रशिक्षकहरुमा सुजता बस्नेत, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट आएका प्रहरी निरीक्षकको टोली रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्