विराटनगरमा सोरुम फुटाएर कार चोरी गर्ने व्यक्ति कारसहित पक्राउ

<span class='c1'>विराटनगरमा सोरुम फुटाएर कार चोरी</span> <span class='c2'>गर्ने व्यक्ति कारसहित पक्राउ</span>

विराटनगर । विराटनगरमा सोरुम फुटाएर नयाँ कार चोरी भएको छ । चोरीमा संलग्न भएको आरोपमा १ जनालाई प्रहरीले घटना भएको २४ घन्टा वित्न नपाउदै पक्राउ गर्न सफल भएको छ ।

विराटनगर महानगरपालिका–३ पिपल चोक नजिक रहेको पूजा इन्टरनेशनल नेपाल प्रा.लिले सञ्चालन गरेको भक्स्वागन कम्पनीको सोरुमबाट बा १३ .च ८५८१ नम्बरको अनटेस्ट कार चोरी भएको थियो । हाम्रो अस्पताल अगाडी रहेको सोरुमबाट रातको २ बजे चोरी भएको सिसि क्यामारामा देखिन्छ । बिहानका राति करिब २ बजेतिर मुख्य गेट खोलेर भित्र छिरेका व्यक्तिले सोरुमको सिसा भएको ढोका फोडेर टाइगुन कार चोरी गरी लगेको सीसी क्यामेरा फुजेटमा देखिन्छ ।

घटनाको जानकारी पाउनसाथ मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरिया नेतृत्वको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो ।
उक्त कारको मूल्य ८० लाखभन्दा बढी पर्ने जानकारी सोरुमले प्रहरीलाई दिएको छ । सोरुमबाट चोरी भएको रातो रंगको कार प्रहरीले फेला पारिसकेको छ। कार चोरी गरेर लगेको आरोपमा १ जना पक्राउ समेत परेका छन् ।

सुनसरीको गढी गाउँपालिका–४ घर भइ विराटनगर–४ मा बस्दै आएका २४ वर्षीय मन्तोषकुमार बिनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्