नेपाल र चीनको युवा टोलीबीचको मैत्रीपूर्ण फुटबलको तयारी पूरा

<span class='c1'>नेपाल र चीनको युवा टोलीबीचको</span> <span class='c2'>मैत्रीपूर्ण फुटबलको तयारी पूरा</span>

काठमाडौं । भोलि(शनिबार)बाट हुने काठमाडौंमा नेपाली युवा टोली र चीनको युनान युवा टोलीको बीचमा मैत्रीपूर्ण फुटबल खेलको तयारी पूरा भएको छ ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै खेलको तयारी पूरा भएको जानकारी गराइएको हो ।

पत्रकार सम्मेलनमा कोच राजेश शाहीले युवा टोलीले धेरै राम्रो खेल प्रदर्शन गरेर यो भन्दा माथि आफूलाई अपग्रेड गर्ने विश्वास व्यक्त गरे ।
उनले भने,‘हाम्रो युवा टोली हुनुहुन्छ । युवा टोलीले धेरै राम्रो खेल प्रदर्शन गरेर योभन्दा माथि आफूलाई अपग्रेड गर्नुहुनेछ भन्ने विश्वास व्यक्त गर्दछु ।’
चिनियाँ नयाँ वर्षको अवसरमा अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना र चिनियाँ दूतावासको सहयोगमा मैत्रीपूर्ण फुटबल खेलको आयोजना हुन लागेको हो ।

आयोजकका अनुसार यस खेलको प्रविधिक पक्षको सबै जिम्मेवारी एन्फाको रहने छ भने खेलसम्बन्धी मार्केटिङ, ब्रोडकास्टिङ, टिकेटिङलगायतका अन्य जिम्मेवारी चिनियाँ दूतावासको रहने छ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्