विराटनगरको एभरेष्ट एजुकेशन एक्जिबिसन–२०८१ हुँदै

<span class='c1'>विराटनगरको एभरेष्ट एजुकेशन</span> <span class='c2'>एक्जिबिसन–२०८१ हुँदै</span>

विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले दुई दिवसीय एभरेष्ट एजुकेशन एक्जिबिसन–२०८१’ आयोजना गर्ने भएको छ।

हरेक वर्ष झै यस वर्षपनि विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्न र सिकाइलाई व्यवहारिक प्रयोग गर्न एक्जिबिसन आयोजना गर्न लागिरहेको विद्यालयका प्राचार्य टिकाराम पुरीले बताउनुभएको छ । आज एक विज्ञप्ति जारी गर्दै उहाँले विद्यार्थीहरूको शैक्षिक र सृजनात्मक विकासमा वृद्धि गर्ने तथा पाठ्यक्रमद्वारा निर्दिष्ट गरिएका प्रयोगात्मक र जीवनोपयोगी शैक्षिक उपलब्धिहरूसँग विद्यार्थीहरूलाई जोड्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

‘ज्ञान सीप र रचनात्मकता संग भविष्यको आकार’ भन्ने नाराका साथ हुन लागेको एक्जिबिसनमा विद्यार्थीहरुले विज्ञान, कम्प्यूटर विज्ञान, कला कौशल, र अन्य विभिन्न रोचक तथा ज्ञान मूलक विषयवस्तुहरूको प्रदर्शनी गर्ने उहाँले जानकारी दिनुभयो । विद्यार्थीहरुको शैक्षिक ज्ञानसँगै सर्वाङ्गीण विकासका लागि एभरेष्टले पर्याप्त वातावरण तयार गरेको उल्लेख गर्दै उहाँले नैतिकवान् बनाउन मोरल भ्यालु करिकुलमको विकास देखि खुसी रहन उत्प्रेरित गर्ने ह्याप्पीनेस करिकुलमलाई हामीले अवलम्बन गरेको उल्लेख गर्नुभएको छ ।

यस्तै विज्ञानका विषयमा पढेका कुरालाई व्यावहारिक रुपमा उतार्न कारखानासँग सहकार्य गर्दै बालबालिकालाई अन्वेषणमा लाग्न प्रेरित गर्दै आएको एभरेष्टले कम्प्यूटर सम्बन्धि अन्तर्राष्ट्रिय ज्ञान दिन बेलायतको ‘डीजी स्कुल’ कोर्ष अध्यापन गराउँदै आएको प्राचार्य पुरीले बताउनुभएको छ ।

आफ्ना बालबालिकाले कस्तो सिकाई सिकिरहेका छन् भन्ने बुझ्ने चाहना हरेक अभिभावक तथा आफन्तहरूमा हुने भन्दै एभरेष्ट स्कुलले अवलोकन गरेर विद्यार्थीहरुको हौसला प्रदान गर्न आम शिक्षा प्रेमी अभिभावक, शुभेच्छुक तथा इष्टमित्र तथा सञ्चारकर्मीमा आग्रह गरेको छ । एक्जिबिसनमा यु.के.जी देखि कक्षा १२ सम्मका २५ सय बालबालिकाले विभिन्न विषयमा आफूहरुले सिकेका कुराहरुको परियोजनाहरुको प्रदर्शन गर्ने छन् ।

एभरेष्ट स्कुलले यु.के.जी देखि कक्षा ५ सम्मका विद्यार्थीहरुको प्रदर्शनी फागुन ५ गते बिहान ११ देखि ३ बजेसम्म र कक्षा ६ देखि कक्षा १२ सम्मका विद्यार्थीहरुको प्रदर्शनी फागुन ६ गते सोहि समयमा हुने जनाएको छ । प्रदर्शनी एभरेष्ट कलेज परिसरमा हुने समेत विज्ञप्तिमा जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्