विराटनगर पुरानो गुद्रीमा शौचालयको मलमुत्र पोखरी

<span class='c1'>विराटनगर पुरानो गुद्रीमा</span> <span class='c2'>शौचालयको मलमुत्र पोखरी</span>

इन्दु साह
विराटनगर । विराटनगरका विभिन्न स्थानमा रहेका सार्वजनिक शौचालयहरूमध्ये केहिको अवस्थाले जनस्वास्थ्यमा जोखिम र वातावरणमा प्रदुषण भईरहेका छन् । विराटनगर ९ पुरानो गुद्रीमा रहेको सार्वजनिक शौचालयमा लापरवाहीपूर्ण अवस्था रहेको पाइएको हो।

बाहिरबाट हेर्दा चिटिक्क देखिने उक्त शौचालय नजिक जाँदा अत्याधिक दुर्गन्धले निकै असहज महसुस हुन्छ। शौचालयबाट निस्कने मलमुत्र बाहिर खुल्लामै जम्मा भएर पोखरी बनेको छ । यस्तो अस्वच्छ वातावरणले हैजा, टाइफाइड, झाडापखाला, हेपाटाइटिस ए लगायत पानीजन्य रोगहरू फैलन सक्छन्। प्रदूषित वातावरणमा विभिन्न किसिमका जीवाणु, विषाणु र परजीवीहरू सजिलै फैलन्छन्, जसले खानामा मिसिएर वा हातबाट मुखमा पुग्दा गम्भीर संक्रमण गराउन सक्छन्।

खुला दिसापिसाबले लामखुट्टे र झिंगाको प्रजनन समेत बढाउँछ । जसले मलेरिया र डेंगु जस्ता रोग फैलाउन सक्छन्। शौचालय संचालक पंकज मरिक र राजन मरिकले दैनिक ५०० देखि ७०० रुपैयाँसम्म संकलन गर्ने र मासिक १५ हजार देखि १८ हजार रुपैयाँसम्म आम्दानी हुने बताए। तर आम्दानीको तुलनामा सरसफाईमा खर्च न्यून देखिन्छ। आम्दानी राम्रो भए पनि सरसफाई र मर्मतमा ध्यान नदिंदा शौचालय प्रयोग गर्ने मानिसमा असर पर्नसक्छ ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले समस्या समाधान गर्ने आश्वासन दिए पनि हालसम्म कुनै मर्मत नभएको मरिक बताउछन् । शौचालयमा यस्तो समस्या हुदा विराटनगर महानगरपालिकाले सार्वजनिक शौचालयहरूको अनुगमन गरी सुधार गनुपर्ने देखिन्छ ।
महानगरपालिका खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ । तर, सार्वजानिक स्थानमा रहेको शौचालयको फोहोर भने बाहिरै पोखरी हुँदा समेत कसैले समाधान गर्ने पहल गरेका छ्रैनन् । महानगरपालिकाको यो क्षेत्रमा पुरानो गुद्री बजार रहेको थियो । यहाँ भएको सब्जिमण्डी नयाँ गुद्रीमा सरेको छ । त्यसपछि यहाँ बहुतले व्यवसायिक भवन निर्माण गर्ने भनिएको थियो । त्यो योजना अलपत्र छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्