दोस्रो स्व. देवी बहादुर कट्वाल-कपिल बहादुर पाण्डे स्मृति टेबल टेनिस प्रतियोगीता-२०८१ को सम्पूर्ण फाइनल खेलहरु सम्पन्न भएका छन् ।
सब जुनियर गर्ल्स सिङल्स (कक्षा ८-१०) तर्फ श्री श्री रविशंकरकी स्वस्तिका चौधरीले बुढानिलकण्ठ स्कुलकी मानसी तामाङलाई ११-७,११-५,११-३ स्कोरले पराजित गर्दै प्रथम हुन सफल भइन् । बिकेभिएम स्कुलकी रोशिका घिमिरे र एभरेष्ट स्कुलकी आशना कट्वाल संयुक्त रुपमा तृतीय भए ।
सब जुनियर ब्वाइज सिङल्स (कक्षा ८-१०) तर्फ बुढानिलकण्ठका आदर्श राजवंशीले बुढानिलकण्ठकै रोशन रजकलाइ ११-६, ११-९, ११-६ स्कोरले पराजित गर्दै प्रथम हुन सफल भए । बुढानिलकण्ठकै रिजन पाण्डे र आयान श्रेष्ठ संयुक्त रुपमा तृतीय भए ।
जुनियर गर्ल्स सिङल्स (क्क्षा ५-७) तर्फ सेन्ट मेरिजकी बिज्ञता थापाले एभरेष्ट स्कुलकी कृपा पोखरेललाइ ११-७,८-११,१०-१२, ११-६, ११-९ स्कोरले पराजित गर्दै प्रथम हुन सफल भइन । सेन्ट मेरिजकै स्वर्णिमा बुढाथोकी र आस्था खड्का संयुक्त रुपमा तृतीय भए ।
जुनियर ब्वाइज सिङल्स (कक्षा ५-७) तर्फ लिलिपुट प्रिमियर स्कुलका पृथक राज राईले लिलिपुट स्कुलकै श्रीजल प्याकुरेललाई ११-५, ११-९, ५-११, ८-११, ९-११ स्कोरले पराजित गर्दै प्रथम हुन सफल भए । बुढानिलकण्ठ स्कुलका रुपेश श्रेष्ठ र एभरेष्ट स्कुलका सक्षम बस्नेत संयुक्त रुपमा तृतीय भए ।
फरक क्षमता भएका बिधार्थीहरु लक्षित स्पेसल टेबल टेनिस इभेन्टतर्फ अरनिको स्कुलका अनुज कट्वालले अनमोल स्पेसल स्कुलका इशान काबरालाइ ११-५,११-३ स्कोरले पराजित गर्दै प्रथम हुन सफल भए । श्री श्री रविशंकरका काव्या राजबंशी र निरब निरौला संयुक्त रुपमा तृतीय भए ।
मिनी क्याडेट ब्वाइज सिङल्सतर्फ बुढानिलकण्ठका आभाष लामिछानेले पिटर प्यान प्ले पेनका नीर जंग थापालाइ ११-६, ९-११, ११-७ स्कोरले पराजित गर्दै प्रथम हुन सफल भए । अरनिकोका युवराज साह र बिकेभिएमका आयान कोइराला संयुक्त रुपमा तृतीय भए ।
समापन तथा पुरस्कार बितरण समारोहमा बिराटनगर टेबल टेनिस क्लाबका अध्यक्ष बिकेन थापा, प्रमुख अतिथी प्रदेश खेलकूद बिकास बोर्ड कोशी सदस्य सचिव कृष्ण बस्नेत, अखिल नेपाल टेबल टेनिस संघका उपाध्यक्ष अनुज बाँनिया, प्रहरी नायब उपरीक्षक बुद्ध श्रेष्ठ, प्राध्यापक योगेन्द्र थापा र भूपु बरिष्ठ टेबल टेनिस प्रशिक्षक ध्रुव क्षेत्रीले बिजयी खेलाडीहरुलाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गर्नुभयो ।