विराटनगरको गोल्डेन हस्पिटल १४ बर्षमा प्रवेश, मुटुको लागि ‘क्याथ ल्याब’ ल्याउने घोषणा

<span class='c1'>विराटनगरको गोल्डेन हस्पिटल १४ बर्षमा प्रवेश,</span> <span class='c2'>मुटुको लागि ‘क्याथ ल्याब’ ल्याउने घोषणा</span>

विराटनगर । विराटनगरको गोल्डेन अस्पताल १४ औं वर्षमा प्रवेश गरेको छ । विराटनगर–११ स्थित महेन्द्र चौक पश्चिम जनपथ टोलमा आफ्नै सुविधा सम्पन्न भवनमा रहेको अस्पतालले आईतबार एक कार्यक्रमको आयोजना गरी बार्षिक उत्सव मनाएको हो ।
यसैविच अस्पतालले १४ वर्षमा प्रवेश गरेको अवसरमा मुटुको भरपर्दो उपचारको लागि अत्याधुनिक उपकरण ‘क्याथ ल्याब’ ल्याउने घोषणा गरेको छ । अस्पताल परिसरमा आयोजना गरिएको कार्यक्रममा आगामी वर्षदेखि मुटुको उपचारको लागि ‘क्याथ ल्याब’ भित्र्याउने घोषणा समेत गरेको छ ।


अस्पतालका प्रबन्धक निर्देशक डा. श्याम रौनियारको अनुसार अस्पतालले आगमी दिनमा क्याथ ल्याब भित्राएर मुटुको उपचारको भरपर्दो सेवा प्रदान गर्ने बताए । मुटु रोगीहरुका लागि अझै सुलभ उपचार सेवा प्रदान गर्नको लागि क्याथ ल्याब ल्याउने योजना रहेको उनको भनाई छ । त्यसको लागि १२ करोड बढी लगानी गर्ने अस्पतालको भनाई छ । त्यसैगरी निः सन्तान दम्पतीहरुको लागि आइभिएफ सेवा पनि सुरु गर्ने तयारी रहेको उनले बताए । ‘हामी चाडै दक्ष चिकित्सकहरुबाट आइभिएफ सेवा सुचारु गर्दैछौं,’ डाक्टर रौनियाले भने, ‘ निः सन्तान दम्पत्तीहरुलाई अभिभावक बन्ने सपना साकार पार्ने योजना रहेको छ । ’


एक सय शैय्याको हस्पिटल रहेको गोल्डेनले डिप्लोमा इन फार्मेशी, पिसिएल नर्सिङ र पिसिएल जनरल मेडिसिनको कार्यक्रम पनि सुरु गरेको छ ।
यसअघि विराटनगर –७ अस्पताल चोकमा भाडाको घरबाट सेवा सुचारु गरेको अस्पतलाले अहिले २२ कठ्ठा क्षेत्रफलमा आफ्नै अत्याधुनिक भवनबाट विरामीलाई सेवा दिदै आएको छ । ‘स्वास्थ्य सेवामा नवीनतम प्रविधि अपनाउँदै १९२ स्लाइस सिटी स्क्यान, एमआरआइ, मोड्युलर ओटी, एडभान्स आइसियू, एनआइसियू, एचडिसियू जस्ता आधुनिक प्रविधिहरु अस्पतालमा उपलब्ध गराएर सेवा दिदै आएको अस्पतालले जनाएको छ । १३ वर्ष देखि निरन्तर र पूर्व मै पहिलो मृगौला रोग विशेषज्ञ टिम को सेवासहित ल्याप्रोस्कोपिक कोलेसिस्टेक्टोमी (पित्तथैली शल्यक्रिया) प्याकेज सुरु गरेको अस्पतालका डा. रमेश चौरसियाले कार्यक्रम जानकारी गराए ।

अस्पतालमा नेपाल सहित छिमेकी भारतको बिहार, उत्तर प्रदेश र पश्चिम बंगालका बिरामीहरुका लागि पनि पहिलो रोजाइको अस्पताल बन्न सफल भएको अस्पतालको दावी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्