शिक्षादिप कलेजका दुई सय ७६ जना विद्यार्थी सम्मानित

<span class='c1'>शिक्षादिप कलेजका दुई सय</span> <span class='c2'>७६ जना विद्यार्थी सम्मानित</span>

विराटनगर । विगत ४ बर्षदेखी कोशी प्रदेशमा १ नम्बरमा पर्दै आएको विराटनगरको शिक्षादिप कलेजले २ सय ७६ जना विद्यार्थीलाई सम्मान गरेको छ ।

शिक्षादिप कलेजका कक्षा ११ र १२ का विज्ञान र व्यावस्थापन संकायका २ सय बढी विद्यार्थीहरुलाई कलेजले सम्मान गरेको हो ।

कलेजले ५७ जना नगद सहित विशेष सम्मान गरेको छ भने २ सय १९ जना प्रमाणपत्र, अविर ,खदा र मालासहित सम्मान गरेको हो । कलेजले लिएको दोस्रो त्रैमासिक परीक्षामा सर्वोउत्कृष्ट अंक ल्याउने, त्यसैगरी विराटनगर महानगरपालिकाले आयोजना गरेको विज्ञान प्रर्दशनीमा सहभागी दोस्रो स्थान हासिल गर्ने विद्यार्थी, मेडिकल ईन्जिनियरीङको पुर्व परीक्षामा नाम निकाल्ने विद्यार्थी , रोबटिक, एस्ट्रोनमी, एभिएशन र आईटीमा सहभागी र हिसानले आयोजना गरेको खेलकुद प्रतियोगितामा सहभागी छात्रछात्रालाई सम्मान गरिएको कलेजका निर्देशक भुपेन्द्र दाहालले जानकारी दिनुभयो ।

सम्मानित विद्यार्थीहरुलाई कलेजका प्रिन्सीपल ज्ञानबहादुर खड्का , कलेजका कोअडिनेटर, नविन कुमार राय , डाईरेक्टर शंकर भट्टराई, डाईरक्टर रमेश मण्डल, शैलेन्द्र शिवाकोटी, राजेन्द्र प्रसाद यादव, ललित नारायण मण्डल, डा. विमल श्रीवास्तम , रामचन्द्र अधिकारीले सम्मान गरेका थिए ।

कलेजले विद्यार्थीहरुलाई पढाईका अतिरिक्त व्यावहारीक शिप र ज्ञानलाई अगाडी बढाउदै आएकाले कलेज कोशी प्रदेशमा उत्कृष्ट बन्न सफल भएको कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले बताउनुभयो ।

सम्मानित विद्यार्थीहरुलाई आगाामी दिनको सफलताको कामना दिदै आउने दिनहरुमा पढाईलाई उत्कृष्ट बनाउदै नाम रोशन गर्न समेत प्रिन्सिपल खड्काले आग्रह गरे ।

कलेजले विगत लामो समयदेखी पढाईका अतिरिक्त विभिन्न कार्यक्रमहरु गर्दै आएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्