विराटनगरका यी शिवालयमा महाशिवरात्री विशेष पूजाको तयारी

<span class='c1'>विराटनगरका यी शिवालयमा महाशिवरात्री</span> <span class='c2'>विशेष पूजाको तयारी</span>

इन्दु साह
विराटनगर । विराटगरका विभिन्न शिवालयमा शिवरात्रीको लागि तयारी गरिएको छ । हरेक वर्ष महाशिवरात्रीको दिन विराटनगरका शिव मन्दिरमा भक्तजनको घुँइचो लाग्ने गरेको छ । महाशिवरात्रिको दिन विराटनगरका विभिन्न स्थानका शिवलयहरुमा भक्तजनले श्रद्धापूर्वक पुजा आरधना गर्दछन् । विषेश बगरगाछीमा रहेको बासुकीनाथ मन्दिर, विराटनगर ८ मा रहेको विराटेश्वर मन्दिर, मनोकामेश्वर र भोलेश्वर बाबा मन्दिर र वनस खण्डि मन्दिरमा भक्तजनको भिड हुने गरेको छ ।

यी मन्दिरमा बिहानदेखि पुजा गर्न आउने भक्तजनको भिड लाग्ने गर्दछ । साथै विराटनरका अन्य स्थानमा भएका मन्दिरहरुमा समेत भक्तजनले शिवलाई जल अर्पण गर्ने गर्दछन् । वनस खण्डि मन्दिर भित्रको शिवलिङमा चाँदीको मुकुट लगाईएको छ । शिवलिङमा लगाईएको मुकुट वर्षको एकदिन खोलिने गरिएको छ ।

विषेश गरी यस मन्दिरमा महाशिवरात्रिको दिन भक्तजन घण्टौं लाईनमा बसेर पूजा गर्नको लागि पालो कुर्नुपर्ने अवस्था आउँछ ।
शिवरात्रीको दिन विराटनगरका शिवालयमा भेला हुने भक्तजनको अवस्था हेरेर जिल्ला प्रहरी कार्यालयले प्रहरी परिचालन गर्ने तयारी गरेको छ । मोरङ प्रहरीले आवश्यक परे अनुसार धार्मिक स्थलमा प्रहरी खटाईने जानकारी दिइएको छ । पौराणीक मान्यता अनुसार महाशिवरात्रीको दिन नै भगवान शिव, आफ्नो शिव लिङ्ग रुवरुपमा प्रकट भएका थिए । त्यो समयमा सबैभन्दा पहिले उनको यो स्वरुपको विधिपूर्वक पूजा–अर्चना गर्ने बम्हा र विष्णु थिए ।

यही कारणले महाशिवरात्रीको दिन विशेष प्रकारले शिव लिङ्गको पूजा आरधना गर्ने विधान रहेको छ । भनिन्छ, समुद्र मन्थनबाट निस्किएको विष पिएर भगवान शिवले यो सृष्टिलाई संकटबाट बचाएका थिए । यही कारणले नै महाशिवरात्री मनाइन्छ । सागर मन्थनबाट निस्केको विषलाई पिएर भगवान शिवको गला निलो भएको थियो । जसका कारण भगवान शिवलाई निलकन्ठ पनि भनिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्