कोशी प्रदेशका शिक्षक तथा कर्मचारीहरु सडक आन्दोलनमा (फोटो फिचर)

<span class='c1'>कोशी प्रदेशका शिक्षक तथा कर्मचारीहरु</span> <span class='c2'>सडक आन्दोलनमा (फोटो फिचर)</span>

विराटनगर । सडकमा नाचिरहेका यो दृष्य कुनै सांगीतिक वा सांस्कृतिक कार्यक्रमको भने हैन । आफै गाउदै आफै नाच्दै गरेका कलाकार पनि हैनन् । उनीहरु त सरकारी विद्यालयका शिक्षक शिक्षिका तथा कर्मचारीहरु हुन् ।

बिहीबार कोशी प्रदेश मुख्यमन्त्री कार्यालय अगाडी सोमबारे मोडमा नाचिरहेको दृष्यावलोकन हो यो । खासगरी उनीहरु यतिबेला विद्यार्थीहरुको उज्वल भविष्य निर्माणको लागि स्कुलका कक्षाकोठामा विद्यार्थीहरुसँग हुनुपर्ने हो । तर केहीदिन यता कोशी प्रदेशभरीका शिक्षक शिक्षिका तथा कर्मचारीहरु सडक आन्दोलनमा छन् ।

उनीहरु आफुहरुको पेशागत हकहित र सामाजिक सेवा सुरक्षाको ग्यारेन्टीको माग गर्दै आफुहरुको कुनै रहर नभएर वाध्ययता भएर सडक आन्दोलनमा आउनुपरेको सुनाए । विभिन्न जिल्लाबाट बस रिर्जाब गरेर विराटनगर केन्द्रित भएका उनीहरुले यस अघि पनि चरणवद्धका आन्दोलनहरु गर्दै आएका छन् । पटक पटक गर्दै आएको आन्दोलनलाई राज्यले वेवस्था गरेपछि पुन:अर्को आन्दोलनमा होमिनुपरेको समेत उनीहरुले बताएका छन् ।

विद्यालय शिक्षा ऐन संसदको हिउँदे अधिवेशनबाट पारित गर्नुपर्ने माग राख्दै कोशी प्रदेश भरीका शिक्षक — शिक्षिका तथा स्कुलका कर्मचारीहरुले अहिलेको सरकार विरुद्ध प्रदर्शन समेत गरेका छन् । नेपाल शिक्षक महांसघ आन्दोलन परिचालन समिति, कोशी प्रदेशको अगुवाईमा नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन , ए.अखिल नेपाल शिक्षक संगठन, प्रगतिसिल नेपाल राष्ट्रिय शिक्षक संगठन , नेपाल विद्यालय कर्मचारी परिषद् र अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधीहरुले मुख्यमन्त्री कार्यलयमा खबरदारी गर्दै ध्यानाकर्षण पत्र बुझाएका छन् ।

विभिन्न पेशागत र शैक्षिक माग राखेर लामो समयदेखि आन्दोलित हुने गरेका शिक्षकहरूसँग सरकारले वार्ता गरेपनि सहमति भने कार्यान्वयन हुन नसकेपछि आफुहरु सडक आन्दोलनमा आउनुपरेको नेपाल शिक्षक महासंघ मोरङका अध्यक्ष कुमार पोखरेलले बताउनुभयो ।
आन्दोलनरत शिक्षक शिक्षिकाहरुले गत शुक्रबार शिक्षा विकास तथा समन्वय इकाई मोरङको कार्यालय अगाडि प्रदर्शन गर्दै ध्यानाकर्षण पत्र समेत बुझाएका छन् ।

नेपालमा वि.सं २०३६ सालदेखि शिक्षकहरू आन्दोलित छन् । उनीहरूले २०६८, २०७५, २०७८ र २०८० सालमा काठमाडौं केन्द्रित आन्दोलन गरिसकेका छन् । तर सरकारले सहमति गर्दै सम्झौता अलपत्र पार्दै आएको शिक्षकका घटक संगठनहरूले आरोप लगाउने गरेका छन्।

यसपटक पनि माग पुरा नहुन्जेल आन्दोलनमा उत्रिने चेतावनी दिंदै कक्षा १० को माध्यमिक शिक्षा परीक्षा मुखैमा पनि आन्दोलनका कार्यक्रम निरन्तर दिने बताएका छन् । आन्दोलनकै कार्यक्रम अन्तरगत आज सातै प्रदेशका सामाजिक विकास मन्त्रालय र मुख्यमन्त्री कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको छन् । त्यस्तै फागुन २४ गतेदेखि काठमाडौं केन्द्रीत आन्दोलन रहेको एकीकृत अखिल नेपाल शिक्षक संगठनकी केन्द्रीय सदस्य तथा नेपाल राहत शिक्षक कोशी प्रदेश सह-अध्यक्ष अर्चना ढुंगेलले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्