कुलमान घिसिङको पक्षमा माइतीघर मण्डलामा प्रदर्शन

<span class='c1'>कुलमान घिसिङको पक्षमा</span> <span class='c2'>माइतीघर मण्डलामा प्रदर्शन</span>

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका समर्थकहरुले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

आज(बिहीबार)‘नेपाली जनता’को व्यानरमा खवरदारी कार्यक्रम गरिएको हो । सरकारले घिसिङलाई पदबाट हटाउने तयारी गरेपछि समर्थकहरु सडकमा आएका हुन् ।

‘देशलाई अन्धकारमा धकेल्ने सरकार चाइदैन,कुलमान घिसिङलाई प्राधिकरणबाट हटाउन पाइदैन ।’ भन्ने नाराका साथ हातमा टुकी बत्ती लिएर खवरदारी गरिएको छ । प्रदर्शनकारी सुखी नेपाली अभियानका संयोजक रामेश्वर श्रेष्ठले देशलाई माया गर्ने व्यक्ति देशलाई चाइएको व्यक्ति हटाउन पाइदैन भन्दै कुलमानलाई स्पष्टीकरण सोधेर काम गर्ने वातावरण नदिएको बताएका छन् ।

यस्तै समाजसेवी प्रकाश कुवँरले कुलमानलाई हटाउदा सरकार नै हट्ने वातावरण बन्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्