औद्योगिक करिडोरमा उद्योग–आवास खटपट : कतै बाली मर्छ, कतै गन्ध छाउँछ

<span class='c1'>औद्योगिक करिडोरमा उद्योग–आवास खटपट : कतै</span> <span class='c2'>बाली मर्छ, कतै गन्ध छाउँछ</span>

विराटनगर । मोरङको कटहरी गाउँपालिकास्थित बाबा भेजिटेबल इण्डष्ट्रिजबाट निस्किएको पानी गहुँ बालीमा लगाउँदा त्यसको असर देखिएको गुनासो गर्दै वडा सदस्य गंगा रायले अध्यक्ष देवराज चौधरीलाई केहिदिन अगाडी फोन गरे । उनले फोनमा उल्लेख गरेको विषय लिखित रुपमा गाउँपालिकामा दर्ता भने गरेका छैनन् । तर, उद्योगबाट निस्किएको पानीले गहुँ बारीमा असर परेको गुनासो वडा सदस्य आफैंले गर्नुपर्ने स्थिति भने देखिएको थियो ।

कटहरी गाउँपालिकाका अध्यक्ष चौधरीका अनुसार उद्योगका कारण आवासीय क्षेत्रमा असर गरिरहेको गुनासो कटहरीमा छैन । तर, उद्योगका कारण बालीमा असर परिरहेको गुनासो भने वर्षेनी आउने गरेको छ । कटहरीको जुडी खोलामा छाला उद्योगको पानी समेत कहिले काँहि निकासा गर्दा तरकारी बालीलाई असर पारेको गुनासो आउने गरेको छ । यद्यपी उद्योगका कारण नै स्थानीयलाई गम्भीर असर पु¥याएको गुनासो अहिलेसम्म लिखित रुपमा नआएको अध्यक्ष चौधरीले बताए । ‘मैले अनुगमन चाँहि गर्दै आएको छु’ अध्यक्ष चौधरीले भने–धेरै समस्या चाँहि आएको छैन । कटहरीमा छाला र रङ्ग फ्याक्ट्रीको असर बालीमा पर्ने जोखिम भने देखिन्छ ।

सुनसरी–मोरङ औद्योगिक करिडोरसँगै आवास क्षेत्र विस्तार हुँदा उद्योगले पार्ने असरमा स्थानीयहरु आन्दोलित हुन्छन् । त्यसको निरुपण गर्ने निकाय भने संघीय सरकार अन्तगर्त उद्योग विभागसँग हुन्छ । सुनसरीको दुहवी नगरपालिकामा केहि समय अगाडी यूनाइटेड टेनेरिज छाला उद्योगका कारण गन्ध फैलिएको उजुरी आएको थियो । वातावरण प्रभाव मुल्याकंन नगरी उद्योग सञ्चालन गरेको विषयमा परेको उजुरी उद्योग मन्त्रालय अन्तर्गतको उद्योग विभागले निरुपण गरेको दुहबी नगरपालिका वातावरण तथा सरसफाई उपशाखाका बिमलनारायण चौधरीले जानकारी दिए । उनका अनुसार नयाँ उद्योगका विषयमा खासै उजुरी दुहबीमा आउने गरेका छैनन् । तर, पुराना मोडलका उद्योगको विषयमा स्थानीयले गुनासो गर्दछन् । स्थानीय तहले त्यसको अनुगमन गरेर समस्या यकिन गरिदिन उद्योग विभागमा लेखि पठाउने गरेको हो ।

चौधरीका अनुसार उद्योग र वस्तीबीचको समस्या आए त्यसको निरुपण गर्ने निकायसम्म पुगेर कन्ट्रोल गर्ने काम हुन्छ । औद्योगिक करिडोर नजिकै आवास विस्तार हुँदा यस्ता समस्या दोहोरिन पनि सक्छन् । तर, ठूलो समस्याको रुपमा अहिलेसम्म नदेखिएको उनी बताउँछन् । उनका अनुसार सबै उद्योगबाट निस्कने वेस्टेज एकै प्रकारको हुँदैन । कतै उद्योगमा जाने सवारीको कारण धुलो उडेको गुनासो आउँछ त कतै उद्योगबाट निस्किएको पानीले असर गरेको । कुनै उद्योगमा कच्चा प्रशोधनपछि निस्कने पानीमा हुने गन्ध हुने भएपनि त्यसलाई बाहिर पठाउँदा प्रशोधन गर्ने प्लान्ट जडान गर्ने गरिएको छ ।

विराटनगर महानगरपालिका वातावरण शाखाका प्रमुख राकेश ठाकुर शिवम डेरी उद्योगका कारण फोहोर तथा दुर्गन्ध फैलिएको गुनासो आए बाहेक उद्योग र आवासबीचको खटपटका उजुरी खासै नदेखिएको बताउँछन् । उनका अनुसार औद्योगिक क्षेत्र कम भएका कारण विराटनगरमा ठूला उद्योगसँगको आवास क्षेत्रको खटपटका गुनासोहरु कम आउने गरेका छन् । यदि उजुरी नै आउँदा पनि स्थानीय तहले वातावरणको प्रभाव र फोहोर नियन्त्रण बाहेक उद्योगका सञ्चालकलाई सचेत बाहेक अन्य कारवाही गर्न सक्दैनन् । यद्यपी स्थानीय तहले चासो राखेर वातावरणमा पारेको प्रभावको विषयमा उद्योग विभागलाई जानकारी गराउँदा त्यसको ध्यानाकर्षण हुने गरेको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्