विराटनगर । विराटनगर ६ मा रहेको ग्रिनपिस एकेडेमी स्कुलमा अध्ययनरत विद्यार्थीहरुको सिर्जनात्मकता क्षमता प्रदर्शन गर्दै विज्ञान प्रदर्शनी आयोजना गरिएको छ ।
स्कुलले बिहीबार विराटनगर ११ स्थित कंचनजङ्खा पार्टी प्यालेसमा आयोजित वार्षिकोत्सब कार्यक्रम अन्तर्गत विज्ञान प्रर्दशनी समेत गरिएको हो ।
विद्यार्थीहरुले बर्षभरी सिकेको कितावी ज्ञानलाई व्यावहारिक रुपमा उतार्नको लागि विज्ञान प्रदर्शनी गरिएको स्कुलका प्रिन्सीपल एम डी हासिमले जानकारी दिनुभयो । नर्सरीदेखी देखी कक्षा १० सम्म पढाई हुदै आएको स्कुलका विद्यार्थीहरुले विविध वैज्ञानिक परियोजनाहरू प्रदर्शन गरेका थिए, जसले सहभागी अभिभावकहरू निकै उत्साहित भएका थिए ।
२८ वटा इनोभेटिभ साइन्स एक्जिबिसन स्टलहरू विद्यार्थीका अभिभावक, शिक्षक शिक्षिका तथा विद्यार्थीहरुले अवलोकन गरेका थिए । विद्यार्थीहरूलाई विज्ञान र प्रविधिप्रति रुचि बढाउन तथा आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नको यस्ता कार्यक्रमहरु बेला बेलामा आयोजना गर्नु आवश्यक रहेको प्रिन्सीपल हासिमले बताउनुभयो । साथै कार्यक्रममा विद्यार्थीहरुले स्टेज शो कार्यक्रममा आ-आफ्नो प्रतिभा समेत देखाएका थिए ।