सौन्दर्य कला व्यवसायी संघ विराटनगर महानगर कमिटीको अध्यक्षमा सविता थापा चयन

<span class='c1'>सौन्दर्य कला व्यवसायी संघ विराटनगर महानगर</span> <span class='c2'>कमिटीको अध्यक्षमा सविता थापा चयन</span>

विराटनगर । सौन्दर्य कला व्यवसायी संघ विराटनगर महानगर कमिटीको अध्यक्षमा सविता थापा चुनिएकी छन् । आज विराटनगरमा भएको भेलाले थापालाई अध्यक्षमा चुनेको हो।

यसअघि कमिटीको अध्यक्ष जुली प्याकुरेल जिल्ला कमिटीको सचिव भएपछि महानगर कमिटीको अध्यक्ष पद खाली थियो। त्यसैगरी संस्थाको उपाध्यक्षमा प्रतिमा न्यौपान ,सचिवमा ईशा ढकाल‌ र कोषाध्यक्षमा रजिता भट्टराई चयन भएकी छन् ।

संस्थाकी केन्द्रीय उपाध्यक्ष सन्तोषी श्रेष्ठको प्रमुख आतिथ्यमा आज भएको बैठकले थापालाई अध्यक्ष र पदाधिकारी चयन गरेको हो। यो संस्थाले सौन्दर्यकर्मीहरूको क्षेत्रमा काम गर्दै हक हित र अधिकारको काम गर्दै आएको छ।

प्रमुख अतिथि श्रेष्ठले अब संस्था राम्रो ढंगले सञ्चालन हुने र सौन्दर्यकर्मीहरूको हितमा काम गरेर अगाडि बढ्ने बताइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्