विराटनगरमा वडा सदस्यले मापसे गरेर चलाएको स्कुटरको ठक्करबाट एक जनाको मृत्यु

<span class='c1'>विराटनगरमा वडा सदस्यले मापसे गरेर चलाएको</span> <span class='c2'>स्कुटरको ठक्करबाट एक जनाको मृत्यु</span>

विराटनगर । विराटनगरमा वडा सदस्यले मादक पदार्थ सेवन गरेर चलाएको स्कुटर ट्रकमा ठोक्किँदा घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका-७ का वडा सदस्य ५१ वर्षीय कल्याण लामिछानेले चलाएको को २९ प ७०८२ नम्बरको स्कुटर सडकमा रोकेर राखेको ट्रकमा ठोक्किएको थियो । विराटनगर-७ हाटखोलास्थित भित्री सडकको साइडमा रोकेर राखिएको बागमती प्रदेश ०३-००१ ख १७१२ नम्बरको ट्रकमा गत फागुन ११ गते राति ९:२० बजेतिर स्कुटर ठोक्किएको प्रहरीले जनाएको छ ।

हाटखोलाबाट शनिहाटतर्फ आउँदै गरेको स्कुटर ट्रकको पछाडि ठोक्किएर दुर्घटना हुँदा वडा सदस्य लामिछाने र पछाडि सवार विराटनगर-७ का ५० वर्षीय किरण तिवारी घाइते भएका थिए । घाइते दुवै जनालाई उपचारका लागि न्युरो अस्पताल लगिएको थियो ।
उपचाररत तिवारीको आज (आइतबार) बिहान मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार बिहान ६:३५ बजेतिर तिवारीलाई चिकित्सकले मृत घोषित गरेका हुन् ।

स्कुटर चालक लामिछानेको स्वास्थ्य सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ । परीक्षणका क्रममा मादक पदार्थ सेवन गरेर उनले स्कुटर चलाएको पत्ता लागेको हो । स्कुटर, ट्रक र ट्रकका चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्