विराटनगर । फागुन १९ गते सोमबारबाट सुरु हुने विराट गाेल्डकपकाे तयारी पूरा भएको छ ।
विराटनगरको ऐतिहासिक विराट गोल्डकपको नवौं संस्करण फागुन १९ गतेदेखि फागुन २८ गतेसम्म हुने भएको छ । सहिद रंगशालामा हुने प्रतियोगितामा २ भारतीयसहित १० टाेली सहभागी हुने आयोजकले जनाएको छ।
'विराटनगरकाे साथ फुटबलको विकास'भन्ने नाराका साथ आयाेजित प्रतियोगिताकाे तयारी पूरा भएको विराट गाेल्डकप फुटबल प्रतियोगिता आयाेजक समिति संयाेजक नवीन रिजालले बताए । उनका अनुसार प्रतियोगिताकाे टिकटदर २०० रुपैयाँ ताेकिएकाे छ । एउटा टिकट काट्दा दुई हजार रुपैयाँसम्मकाे फाइदा हुने उनले दाबी गरे ।
भाेलिकाे उद्घाटन खेल आयाेजक रिजालको मोरङ एफसी र साउथर्न समिति फुटबल क्बल कोलकाता भिड्नेछन् ।
गोल्डकप सम्पन्न गर्न १ करोड ३५ लाख रूपैयाँ खर्च हुनेछ । प्रतियोगिताको विजेता टिमलाई ११ लाख र उपविजेतालाई ५ लाख रूपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
उत्कृष्ट प्रशिक्षक, गोलरक्षक र सर्वाधिक गोलकर्ताले १५–१५ हजार रूपैयाँ पाउने छन् । पुरस्कारबापत दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई ११ हजार र सर्वोकृष्ट खेलाडीलाई ५१ हजार प्राप्त गर्नेछन् ।