विराटनगरमा ईभी कर्निभल जारी

<span class='c1'>विराटनगरमा ईभी</span> <span class='c2'>कर्निभल जारी</span>

विराटनगर । विराटनगरमा नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रिक गाडी (ईभी) कर्निभल 'माव वृद्धी ईभी कर्निभल' आयोजना भइरहेको छ। यो कर्निभल कञ्चनजङ्घा बैंक्वेट (विराटनगर) र श्रीजना मोटर्स (ईटहरी शोरूम) मा फागुन १८ गतेदेखि २० गतेसम्म (आईतबार–मंगलबार) सञ्चालन हुनेछ।

कार्यक्रममा नम्मी, सेरिज, र डिपल जस्ता विभिन्न इलेक्ट्रिक गाडी कम्पनीहरूका गाडीहरू प्रदर्शनीमा राखिनेछन्। कर्निभलमा विशेष अफरहरू उपलब्ध हुनेछन्, जसमा:

- आकर्षक नगद छुट
- उत्कृष्ट एक्सचेन्ज भ्यालु
- स्पट फाइनान्स सुविधा
- ७ किलोवाट चार्जर निःशुल्क
- १ वर्षको निःशुल्क ऑटो प्लस इन्स्योरेन्स
- १ वित्तीय वर्षको निःशुल्क सडक कर
- प्रत्येक टेस्ट ड्राइभ तथा मुल्यांकनमा विशेष उपहार

बुकिङ गर्ने ग्राहकहरूका लागि लक्की ड्र मार्फत दम्पतीहरूका लागि 'डेली कन्ट्री भिल्ला' मा स्टे प्याकेज र आइफोन १६ प्रो म्याक्स जित्ने अवसर पनि रहेको छ।

इलेक्ट्रिक गाडीप्रति बढ्दो चासोलाई मध्यनजर गर्दै आयोजित गरिएको यस कर्निभलले ग्राहकहरूलाई इलेक्ट्रिक सवारीसाधनको लाभ, टेक्नोलोजी, र अफरहरूबारे जानकारी प्रदान गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्