इन्दु साह
विराटनगर । विराटनगर महानगरपालिकाले शहरी जनघनत्वलाई महशुस गर्दै शहरका छ स्थानमा नयाँ सार्वजानिक शौचालय निर्माण गर्ने प्रस्ताव गरेको छ । महानगरपालिकाले अहिले भईरहेका शौचालय भन्दा केहि आधुनिक किसिमका शौचालय निर्माण गर्ने निर्णय गरेको हो ।
महानगरले खुल्ला दिसापिसाब क्षेत्र मुक्त घोषणा गरेको छ । यद्यपी सार्वजनिक शौचालयको प्रयोगको अवस्था भने कमजोर छ । महानगरपालिकामा पुष्पलाल चौक, बुद्धमिलन वाचनालय, कोशी अस्पताल बाहिर, हाटखोला चौक, बसपार्क र जोगबनी भन्सार लगायतका स्थानमा सार्वजनिक शौचालयहरू सञ्चालनमा रहेका छन् ।
नयाँ शौचालय निर्माणको लागि प्रस्तावित स्थानहरूमा रानी भन्सार नाका, महेन्द्रचोक, रोडशेषचोक, भृकुटीचोक, बरगाछी र कन्चनबारी रहेका छन्। यी स्थानहरूमा शौचालय निर्माण गर्न सकिएमा नागरिकहरूलाई सहज हुनेछ । पर्याप्त सार्वजनिक शौचालय नहुँदा सवारीचाकहरु र साना व्यवसाय गर्नेहरुले खाली स्थानमा शौच गर्ने गरेका छन् ।