विराट गोल्डकप: एपीएफ र दिल्लीको सुदेवा फुटबल क्बलबीचको खेल सुरु

<span class='c1'>विराट गोल्डकप: एपीएफ र दिल्लीको</span> <span class='c2'>सुदेवा फुटबल क्बलबीचको खेल सुरु</span>

विराटनगर । ९ औं संस्करणको विराट गोल्डकपको दोस्रो दिनको खेल सुरु भएको छ ।

विराटनगरको सहिद रंगशालामा दोस्रो दिन विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ) र सुदेवा दिल्ली फुटबल क्बल भारत बीच हुँदैछ ।

एपीएफ छैठौं संस्करणको विराट गोल्डकपको बिजेता टिम हो ।

बुधबार पहिलो क्वाटरफाइनल खेल हुनेछ । पहिलो क्वाटरफाइन खेल त्रिभूवन आर्मी र आयोजक मोरङ रिजालको एफए बिच प्रतिस्पर्धा हुँदैछ ।

फागुन २८ गते फाइनल रहेको छ । प्रतियोगितामा बिदेशी दुई टमसहितका स्वदेशी ‘ए’ डिभिजनका १० टिमको सहभागी रहेको छ । प्रतियोगितामा गोल्डकपका विजेताले ११ लाख र उपविजेताले पाँच लाख नगद र सिल्ड प्राप्त गर्नेछन् । यसैगरी सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजार रुपैयाँ, उत्कृष्ट प्रशिक्षक र गोलरक्षकले १५ हजार, सर्वाधिक गोलकर्ताले १५ हजार नगद पुरस्कार पाउनेछन् । गोल्डकपमा हरेक दिनका म्यान अफ दी म्याच खेलाडीलाई पनि नगद ११ हजारले पुरस्कृत गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्