अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा एनवाईईएफ विराटनगर च्याप्टरको विजनेस आइडीया कन्टेस

<span class='c1'>अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा एनवाईईएफ</span> <span class='c2'>विराटनगर च्याप्टरको विजनेस आइडीया कन्टेस</span>

विराटनगर । राष्ट्रिय युवा उद्यमी फोरम (NYEF) विराटनगर च्याप्टरले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विजनेस आइडीया कन्टेस
आयोजना गर्ने भएको छ।

प्रतियोगिता आउँदो ८ मार्च २०२५ मा विराटनगरको उद्योग संगठन मोरङ (CIM) मा हुनेछ। यो कार्यक्रमले युवा महिलाहरूलाई व्यवसायको बारेमा आफ्ना नवीन विचारहरू प्रस्तुत गर्ने अवसर प्रदान गर्नेछ।

उक्त प्रतियोगितामा विजेताले रु. २५,०००/- सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन्। भने उपविजेता रु. १०,०००/- सहित ट्रफी र प्रमाणपत्र
र सबै सहभागीहरूले प्रमाणपत्र प्राप्त गर्ने एनवाईईएफ विराटनगर च्याप्टरका अध्यक्ष शुभम भट्टराईले जानकारी दिए।

चार प्रतिष्ठित महिला उद्यमीहरूले उक्त कार्यक्रमको निर्णायकको भूमिका निर्वाह गर्नेछन्। जसमा मुन्ताना चकलेट कारखाना निर्देशक अंकिता गिरी, अर्किड फेमिली सलोन एकेडेमी निर्देशक रक्तिम जोशी प्याकुरेल, तनस्का बुटिक निर्देशक बिनिशा कट्टेल र भ्यालेन्टाइन बेकरी क्याफे निर्देशक दिना श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गर्ने आयोजकले जनाएको छ।

एनवाईईएफ विराटनगर च्याप्टरका अध्यक्ष शुभम भट्टराईले भने, "यो प्रतियोगिता महिलाहरूको क्षमता र नवविचारलाई सम्मान गर्ने एक महत्वपूर्ण मञ्च हो। हामी युवा महिलाहरूलाई आफ्ना विचार र रचनात्मकता प्रदर्शन गर्न प्रोत्साहित गर्दछौं।"

सहभागी हुन् इच्छुक महिला विद्यार्थीले एनवाईईएफ विराटनगर च्याप्टरमा सम्पर्क गर्न अध्यक्ष भट्टराईले आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्