नेकपा एमाले मोरङ अधिवेशन अपडेटः ५० प्रतिशत मत खस्यो

<span class='c1'>नेकपा एमाले मोरङ अधिवेशन अपडेटः</span> <span class='c2'>५० प्रतिशत मत खस्यो</span>

विराटनगर । नेकपा एमाले मोरङको नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । आज विहान साढे ९ बजेबाट शुरु भएको मतदानमा ३ बजे सम्म करिव ५० प्रतिशत मतदान भएको प्रमुख निर्वाचन अधिकृत सुरेशलाल श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म ४५१ जनाले मतदान गरेका छन् । अधिवेशनमा ९११ जना प्रतिनिधि छन् । नयाँ नेतृत्व चयनका लागि अधिवेशन स्थल विराटनगर स्थित होटल मनास्लु इनमा मतदान जारी छ ।


१६५ सदस्यीय जिल्ला कमिटी चयनका लागि राजकुमार ओझा र अजम्बर राईको नेतृत्वमा प्यानलै प्रतिष्पर्धामा उत्रिएका छन् । शनिबार सुरु भएको जिल्ला अधिवेशन दुई दिन लम्बिएर बुधबारबाट मात्रै निर्वाचन सुरु भएकोह हो । आज अपरान्ह ४ बजेसम्म मतदानको समय तोकिएको छ । मतदान सम्पन्न भएपछि मतगणना भने एमाले मोरङको पार्टी कार्यालय पाञ्चालीमा हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्