विराटनगरमा ‘गर्ल्स अन ह्विल’ प्रतियोगितामा हुने

<span class='c1'>विराटनगरमा ‘गर्ल्स अन</span> <span class='c2'>ह्विल’ प्रतियोगितामा हुने</span>

विराटनगर । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर ‘गर्ल्स अन ह्विल’ प्रतियोगितामा विराटनगरमा हुने भएको छ ।

विराटनगर प्राइम राउण्ट टेबल–१० को आयोजनामा विराटनगरमा आगामी फागुन २४ गते 'गर्ल्स अन ह्विल' प्रतियोगिता हुने भएको हो । आयोजकले विराटनगरमा बुधबार पत्रकार सम्मेलन गरि पाचौं संस्करणको हुन लागेको 'गर्ल्स अन ह्विल' प्रतियोगितामा महिलाहरुले मात्र भाग लिन पाउनेछन् ।

प्रतियोगितामा एक स्कुटरमा दुई जनाको दरमा एक सय २५ वटा स्कुटरको सहभागी गराउने लक्ष्य रहेको विराटनगर प्राइम राउन्ट टेबलका अध्यक्ष भास्कर सोनीले जानकारी दिए । प्रतियोगितामा सहभागी जनाउनेहरुको लागि एक हजार ५ सय रुपैयाँ दर्ता शुल्क रहेको छ । १५ सय रुपैयाँ तिरेपछि एउटा स्कुटरमा दुई जनाले भाग लिन पाउने प्रतियोगिताको संयोजक योगेश राठीले बताए ।

‘प्रतियोगितामा भाग लिने प्रतियोगिहरुको लागि विराटनगरको १० वटा स्थान तोकिएको हुन्छ । उक्त स्थानमा प्रतियोगिहरु पुगेपछि त्यहाँ संकेतका आधारमा आवश्यक टास्क हुने गर्दछन् । हरेक केन्द्रका लागि अलग अलग संकेत र टास्कहरु हुन्छ । यसरी पूरा गरिएका टास्कका आधारमा सहभागी प्रतियोगिहरुले नम्बर प्राप्त गर्दछन् । सोही नम्बरकै आधारमा प्रतियोगिहरुबाट बिजेता घोषित गरिनेछ,’ प्रतियोगिताका संयोजक राठीले भने ।

विराटनगरस्थित सिटी प्यालेसबाट प्रतियोगिता सुरु हुनेछ । प्रतियोगिहरुले खेलमा समावेश भएर सोही स्थानमा आएर कार्यक्रम समापन हुने प्रतियोगिताको अर्को संयोजक रजत गुप्ताले बताए । प्रतियोगिताको विजेता हुनेले नगद ६० हजार लगायतका विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको द्धितीय र तृतीयलाई पनि क्रमश ४० हजार र २५ हजार नगदसहित गिफ्ट ह्याम्पर रहेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा मनोञ्जनत्मक कार्यक्रहरु पनि हुनेछ । सो कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकाहरुबाट मनोरञ्जनका कार्यक्रमहरु हुने संयोजक राठीले जानकारी दिए । स्त्री ब्याण्ड र न्यूक्लियर डान्स क्लबले आफ्नो प्रस्तुती दिने भएका छन्। कार्यक्रम स्थलमा फुडस्टल, फेस पेन्ट्रिङलगायतका स्टलहरु पनि रहने छ।

उक्त कार्यक्रम आयोजना गर्नका लागि नोबेल क्यान्सर अस्पतालले ७ लाख रुपैयाँ सहयोग गरेको छ । नोबेल क्यान्सर अस्पतालका डिपुटी डाइरेक्टर एवं क्यान्सर रोग विशेषज्ञ डा. प्रदिप भण्डारीले नेपालमा नेपाली महिलाहरूमा क्यान्सर रोगको भयावह अवस्था रहेको छ । त्यसमा पनि मुख्य गरी पाठेघरको मुखको क्यान्सर र स्तनको क्यान्सरको अवस्था भयावह छ । जुन रोग प्रारम्भिक चरणमा पत्ता लागेको खण्डमा पूर्ण रूपमा निको हुने भएकोले रोगको प्रचार–प्रसारका लागि कार्यक्रमलाई सहयोग गरेको बताए । प्रतियोगितामा सहभागिता जनाउने महिलाहरूलाई नोबेल क्यान्सर अस्पतालले पाठेघरको मुखको क्यान्सर र स्तनको क्यान्सरको जाँच परीक्षण निःशुल्क गरिदिने डा. भण्डारीले बताए ।

प्रतियोगिताको आयोजनाबाट बचेको रकम विराटनगर प्राइम टेबल १० ले विराटनगर–८ स्थित महेन्द्र माध्यमिक विद्यालयको शैक्षिक सुधारको क्षेत्रमा खर्च गरिने आयोजकले जनाएको छ ।

विराटनगर प्राइम राउण्ट टेबल १० का अध्यक्ष भास्कर सोनी, उपाध्यक्ष अभिजित सिंह, कार्यक्रम संयोजक योगेस राठी र रजत गुप्ता, मिडिया कोडिनेटर अभिषेक केडिया, नोबेल क्यान्सर अस्पतालका डिपुटी डाइरेक्टर डा. प्रदिप भण्डारी र नोबेल अस्पतालका मार्केटिङ म्यानेजर नविन दाहाल पत्रकार सम्मेलनमा सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्