नेकपा एमाले मोरङ अधिवेशन अपडेट : ८८८ जनाले मतदान गरे, मतगणना भोलि

<span class='c1'>नेकपा एमाले मोरङ अधिवेशन अपडेट :</span> <span class='c2'>८८८ जनाले मतदान गरे, मतगणना भोलि</span>

विराटनगर । नेकपा एमाले मोरङको नयाँ नेतृत्व चयनका लागि आज भएको मतदान सम्पन्न भएको छ ।

आज विहान साढे ९ वजेदेखि होटल मनास्लु ईनमा शुरु भएको मतदान केहीबेर अघि सम्पन्न भएको हो । निर्वाचनमा ९७ प्रतिशत मतदान भएको निर्वाचन अधिकृत डिल्लीराम घिमिरेले जानकारी दिनुभयो । अधिवेशनमा ९११ जना प्रतिनिधि भएपनि ८८८ जनाले मतदान गरेका छन् । २३ जना अनुपस्थित रहे । नयाँ नेतृत्व चयनका लागि अधिवेशन स्थल विराटनगर स्थित होटल मनास्लु इनमा मतदान भएपनि मतगणना पार्टी कार्यालय विराटनगर पाञ्चालीबाट भोलि विहान देखि गरिने निर्वाचन अधिकृत घिमिरेले बताउनुभयो ।

अधिवेशनमा दुई समूहवीच प्यानलगत प्रतिस्पर्धा छ । संस्थापन समूहबाट अध्यक्षमा राजकुमार ओझा, उपाध्यक्षमा शान्ति लिम्बू भुजेल, सचिवमा रविन थापा र उपसचिवद्वयमा शिल्पा निराला कार्की र इर्जालाल राजवंशी र इतर समूहबाट अध्यक्षमा अजम्बर राई, उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा तथा उपसचिवद्वयमा सन्तोष बान्तवा र उषा झा (ठाकुर) प्रतिष्पर्धामा रहनु भएको छ ।

अधिवेशनमा ३ सय २५ जनाले मनोनयन दर्ता गराएका थिए । तीमध्ये ७१ जना निर्विरोध निर्वाचित भए भने ६३ जनाले उम्मेदवारी फिर्ता लिएका थिए । शनिबारदेखि जारी अधिवेशनले पाँच पदाधिकारीसहित १ सय ६५ सदस्यीय कार्यसमिति चयन गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्