पर्यटन प्रबद्धनमा महिला सहभागीता अनिवार्य रहेको विराटनगरमा आयोजित पर्यटन विकासमा महिला सहभागीता विषयक अन्तरक्रियाका सहभागी वक्ताहरुले बताउनु भएको छ ।
सामुहिक उत्थान नेपाल विराटनगरले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्ने धेरै वक्ताहरुले पर्यटन विकासमा महिला अपरिहार्यता भएको बताउनु भयो । कार्यक्रममा बोल्दै मोरङका प्रमुख जिल्ला अधिकारी सुरेश अधिकारीले पर्यटन वर्षलाई सफल बनाउन महिलाको सहभागीता अनिवार्य रहेको बताउनु भयो । उहाँले सबै क्षेत्रमा समान अधिकार र अवसर पाउनु पर्ने महिलाहरुले पर्यटन विकासमा समेत समान अवसर दिएर अघि बढ्नु पर्ने धारणा राख्नु भयो ।
कार्यक्रममा प्राध्यापक मेदनी शर्माले महिला सहभागिता विना विकासको गतिविधि अगाडी बढ्न नसक्ने प्रष्ट्याउनु भएको थियो । संस्थाकी अध्यक्ष सकुन्तला भट्टराई सिम एनका क्षेत्रीय अध्यक्ष गणेश लुईटेल, पूर्वाअञ्चल होटल एशोसिएशन अफ नेपालका अध्यक्ष सुरेश भटराई लगायतले आफ्ना धारणा राख्नु भएको थियो । कार्यक्रममा डा.सोमप्रदास खतिवडाले पर्यटन प्रवद्धन विकासमा महिला सहभागिता विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । भने टिप्पणि विराट क्षेत्र प्रवद्धन समितीको कार्यक्रम संयोज अन्जु राइ र डा. सोम खतिवडाले गर्नुभएको थियो ।