विराटनगर । मोरङ कानेपोखरी घर भएकी राष्ट्रिय महिला फुटबल खेलाडी दिपा आधिकारीलाई नेपाल घरेलु तथा साना उद्योग महासंघले सम्मान गर्ने भएको छ । १५५ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर महासंघले फागुन २३ गते शुक्रबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरि सम्मान गर्न लागेको हो । महासंघले हरेक बर्ष महिला दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने महिलाहरुलाई सम्मान गर्ने गरेको छ ।
यसैविच महासंघले मोरङकी चेलीले राष्ट्रिय स्तर खेलाडीको नाम रोशन गर्न सफल पुर्व महिला फुटबल खेलाडीलाई सम्मान गर्ने जनाएको छ ।दिपाले विश्वको सबैभन्दा होचो र अग्लो स्थानमा पुगेर फुटबल खेलेर विश्व रेकर्ड समेत राखेकी छिन् । कार्यक्रममा अधिकारी सहित अन्य महिलाहरुलाई सम्मान गर्ने महाँसंघले जनाएको छ । महासंघले भोली शुक्रबार विराटनगर बरगाछी स्थित ईन्द्रेणी पार्टी प्यालेसमा लघु घरेलु तथा महिलाहरुद्धारा उत्पादित वस्तुहरु प्रदर्शनी समेत राखेको महासंघकी महिला समितिकी अध्यक्ष अमृता भण्डारीले जानकारी दिनुभयो ।