मापसे चेकजाँच गर्ने ब्रेथलाइजर मेसिन ट्राफिक प्रहरीलाई हस्तान्तरण

<span class='c1'>मापसे चेकजाँच गर्ने ब्रेथलाइजर</span> <span class='c2'>मेसिन ट्राफिक प्रहरीलाई हस्तान्तरण</span>

विराटनगर । विराटनगर वडा नम्बर ९ को बजेटबाट खरिद गरिएको मादक पदार्थ (मापसे) चेकजाँच गर्ने ब्रेथलाइजर मेसिन ट्राफिक प्रहरीलाई हस्तान्तरण गरिएको छ ।

विराटनगर महानगरपालिकामा आयोजित एक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी नारायण चिमरियाको उपस्थितिमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक राजन लम्साललाई मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र वडाध्यक्ष विश्वनाथप्रसाद भगतले उक्त मेसिन हस्तान्तरण गरेका थिए ।

मापसे गरेर सवारी साधन चलाएर हुने दुर्घटनाको जोखिम न्यूनीकरण गर्न ब्रेथलाइजर मेसिनले सहयोगी भूमिका खेल्ने विश्वास लिएको मेयर कोइरालाले बताए । सो मेसिन १ लाख ५० हजारमा खरिद गरी ट्राफिक प्रहरीलाई हस्तान्तरण गरिएको वडाध्यक्ष भगतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्