लेदो सहितको पानी धारामा आएपछि विराटनगर ४ वडामा स्थानीयले लगाए ताला

<span class='c1'>लेदो सहितको पानी धारामा आएपछि विराटनगर</span> <span class='c2'>४ वडामा स्थानीयले लगाए ताला</span>

प्रेम देवान
विराटनगर । खानेपानी संस्थान विराटनगरले वितरण गरेको धारामा लेदोसहितको धमिलो पानी आउन थालेपछि उपभोक्ताहरुले वडा कार्यालयमा तालाबन्दी गर्दै प्रर्दशन गरेका छन् ।

जनस्वास्थ्यलाई गम्भीर असर हुने गरि लेदोसहितको धमिलो पानी धारामा आउन थालेपछि विराटनगर ४ का स्थानीयवासीले आज(मंगलबार)लेदो सहितको पानी बोकेर वडा कार्यालय अगाडी प्रदर्शन गरेका छन् ।

विगत लामो समयदेखी धारामा लेदोसहितको धमिलो पानी आएपछि जम्मा भएका स्थानीयवासीले लेदो सहितको पानी वडाध्यक्ष, मेयर र खानेपानी संस्थानका प्रमुखहरुलाई पिउन लगाउनुपर्ने भन्दै नाराबाजी गरेका थिए । धारामा फोहोर मिसिएको धमिलो पानी र लेदो आउने गरेकाले धाराको पानी कुनै पनि प्रयोजन नभएको र खानेपानीलाई विल भुक्तानी मात्रै तिर्नुपर्ने वाध्यता रहेको विराटनगर ४ का स्थानीय त्रिलोचन गौतमले बताए।

खानेपानी संस्थानको धारामा फोहोर पानी आउँदा उपभोक्ता आफैंले जडान गरेको वा छिमेकीको ट्युबेलको पानी पिउन बाध्य छन्  । सक्नेले विभिन्न खानेपानी कम्पनीका बोतल र जारको पानी पिउने गरेका छन् । कतिपयले भने विकल्पको रुपमा कलको पानी फिल्टर गरेर प्रयोग गर्दै आएको स्थानीयको भनाई छ । खानेपानीको समस्याबारे जनप्रतिनिधिलाई पनि जानकारी गराएको तर कसैले वास्ता नगरेपछि आफुहरुले वाध्य भएर वडामा तालाबन्दी गर्नुपरेको गौतमको भनाई छ ।

यता तालाबन्दीपछि लेदो सहितको पानी बोकेर स्थानीयवासी मेयर नागेश कोईरालाको कार्यकक्षमा नै पुगेका थिए । छलफल भएको कार्यक्रममा खानेपानी संस्थानका प्रमुख सन्तोष रोनियारको समेत उपस्थित रहेको थियो । करिब डेढ घण्टाको छलफलपछि महानगरले तत्काल जग्गा खोजेर कार्यपालीकाको बैठकबसी समस्याको समाधान गर्ने मेयर नागेश काईरालाले बताए । विराटनगर ४ को वडा कार्यालय छेउमा खानेपानी संस्थानले बोरिङ गरेको छ ।

बोरिङसँगै फिल्टर नहुँदा आइरन भएको पानी गएको खानेपानी संस्थानले जनाएको छ । फिल्टर जडान गर्नको लागि जग्गा उपलब्ध गराइदिन महानगर र वडा कार्यालयलाई आग्रह गरे पनि जग्गा उपलब्ध नगराएकोले समस्या भएको खानेपानी संस्थान विराटनगरका प्रमुख सन्तोष रोनियारले बताए । फिल्टर नहुँदा आइरन भएको पानी वितरण भईरहेको स्वीकार गरेका छन् । संस्थानले फिल्टर प्लान्ट राख्नका लागि महानगरपालिकालाई जग्गा उपलब्ध गराउन भनेको भएपनि जग्गा प्राप्त नहुँदा समस्या भएको रोनियारको भनाइ छ । जग्गा पाउने बित्तिकै टेन्डर आव्हान गरेर प्लान्ट राख्ने उनले बताए । विराटनगर ४ का वडाध्यक्ष जितेन थापाले वडा कार्यालय आफ्नै भवनमा सरेपछि खानेपानीको फिल्टर वडाको पुरानै भवन छेउमा राख्न सुझाब दिए । तर महानगरले उक्त स्थान कर्मर्सियल जग्गा भएकाले स्थायी रुपमा खानेपानीको डिप बोरिङ नराख्ने अडान लिदै आएको छ ।

यता स्थानीयवासीले वडा नम्बर ४ को कार्यालयमा लगाइएको तालामा भने महानगरमा भएको छलफलपछि खोलिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्