दुबईको लोकप्रिय “क्वालिटी” आइसक्रिमको स्वाद विराटनगरमा लिन पाईने

<span class='c1'>दुबईको लोकप्रिय “क्वालिटी” आइसक्रिमको</span> <span class='c2'>स्वाद विराटनगरमा लिन पाईने</span>

विराटनगर । विराटनगरमा अबको केही दिनभित्र दुबईको लोकप्रिय "क्वालिटी" आइसक्रिमको स्वाद लिईन पाईने भएको छ।

५० वर्ष पुरानो यो ब्राण्ड कोशी प्रदेशमा पहिलोपटक भित्रिन लागेको हो।

सन इन्टरनेशनल इनकर्पोरेटेड प्रा.लि. (सौरभ ज्योतिको स्वामित्वमा) र पूर्वी क्षेत्रका डिलर तसनीम कर्प प्रा.लि. (आमिर अख्तरको स्वामित्वमा) को संयुक्त प्रयासमा यो आइसक्रिम ब्राण्ड नेपालको पूर्वी क्षेत्रमा भित्र्याउन लागिएको हो।

दुबईमा उत्पादित यो आइसक्रिम गाईको दूधबाट बनाइएको र ९ फरक स्वादमा उपलब्ध हुने कम्पनीले जनाएको छ। प्रि-प्याक गरिएका विभिन्न प्रकारका आइसक्रिमहरू पनि उपलब्ध हुनेछन्।

कम्पनीका अनुसार पूर्वी नेपालमा ३ वा ४ वटा आउटलेटहरू खोल्ने योजना रहेको छ। विराटनगरका साथै इटहरी र धरानमा पनि पार्लरहरू संचालनमा आउनेछन्।

ग्राहकहरूले दुबईको प्रसिद्ध आइसक्रिमको स्वाद अब आफ्नै शहरमा लिन पाउने भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्