प्रतिनिधिसभामा गणपूरक सङ्ख्या बारे प्रश्न उठेपछि…

<span class='c1'>प्रतिनिधिसभामा गणपूरक सङ्ख्या</span> <span class='c2'>बारे प्रश्न उठेपछि…</span>

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रतिस्थापन विधेयक प्रस्तुत गर्ने कारबाही अघि बढिरहेका बेला गणपूरक सङ्ख्यामाथि प्रश्न उठेको छ । यद्यपि तीन मिनेटको जनाउ घण्टीपछि गणपूरक सङ्ख्या पुगेको यकिन भएको छ ।

बैठकमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले सदनमा कुनै पनि प्रस्ताव निर्णयार्थ पेस गर्न उपस्थित सदस्य सङ्ख्याको एक चौथाइ हुनुपर्ने उल्लेख गर्दै सङ्ख्या यकिन गर्न आग्रह गर्नुभएको थियो ।

उहाँले सङ्ख्या नपुग भएको भनी प्रश्न उठाएपछि उपसभामुख इन्दिरा रानाले तीन मिनेट घण्टी बजाई गणपूरक सङ्ख्या यकिन गर्न सचिवालयलाई निर्देशन दिनुभएको थियो । जनाउ घण्टीपछि उपसभामुख रानाले हालको सङ्ख्याअनुसार एक चौथाइ सङ्ख्या ६९ हुनुपर्नेमा उपस्थित सङ्ख्या ९५ रहेको यकिन भएको जानकारी गराउँदै बैठक कारबाही अघि बढाउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्