इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

<span class='c1'>इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको</span> <span class='c2'>मोटरसाइकल दुर्घटना, चालकको मृत्यु</span>

विराटनगर । सुनसरीको इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको मोटरसाइकल आज (शनिबार) बिहानका राति दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

कोशी राजमार्गअन्तर्गत इटहरी उपमहानगरपालिका–१२ मा प्रदेश १–०२–०४८ प ३८७० नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा चालक विराटनगर महानगरपालिका–१० का २४ वर्षीय पूर्ण माझीको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका माझीको उपचारका क्रममा विराट नर्सिङ होम एवं विराटनगर अस्पातालमा बिहान ५ः१५ बजेतिर मृत्यु भएको जानकारी प्रहरीले दिएको छ । मोटरसाइकलको पछाडि सवार उदयपुरको कटारी नगरपालिका–२ की २८ वर्षीया उमा सुनुवार घाइते भएकी छन् ।

सुनुवारको विराट नर्सिङमै उपचार भइरहेको छ । मादक पदार्थ सेवन (मापसे) गरेर मोटरसाइकल चलाउँदा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्