पोखरा २१ का वडाध्यक्ष दिपक सुबेदीमाथि रडले हान्ने प्रयास

<span class='c1'>पोखरा २१ का वडाध्यक्ष दिपक</span> <span class='c2'>सुबेदीमाथि रडले हान्ने प्रयास</span>

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २१ का वडाध्यक्ष दिपक सुबेदीमाथि रड हान्ने प्रयास भएको भिडियो यति बेला सामाजिक संजालमा भाइरल बनिरहेको छ ।

उक्त भिडियोमा सार्वजनिक जग्गा मिचेर बनाइएको घरटहरा भत्काउन गएका वडाध्यक्ष सुबेदीमाथि एक व्यक्तिले रड हान्ने प्रयास गरेको देखिएको छ ।

सार्वजनिक जग्गा मिचेर घरटहरा नबनाउन अनुरोध गरिरहेका वडाध्यक्ष सुबेदीलाई आफू ७१ वर्षको बृद्ध बताउने ती व्यक्तिले रडले हान्न खोज्दा त्यहाँ उपस्थित अन्य जनप्रतिनिधि र स्थानीय बासिन्दाले छडले हान्न रोकेको उक्त भिडियोमा प्रस्ट देखिन्छ ।

त्यसपछि घटनास्थलमा पुगेको पोखरा महानगरको नगर प्रहरी टोलीले सार्वजनिक जग्गा मिचेर बनाइएको भनिएको उक्त टहरो भत्काएको पनि त्यस भिडियोमा देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्