विराटनगर । विराटनगर महानगरपालिका-१५ स्थितबाट लागूऔषध ब्राउन सुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
चैत ३ गते इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उदयपुर बेलका नगरपालिका-२ का २० वर्षीय सुजन खड्कालाई लागूऔषध खैरो हिरोईन ११ ग्राम ४ मिलिग्राम, मोरङ केराबारी गाउँपालिका-३ का २४ वर्षीय उत्तम याख्खा, सुन्दरहरैँचा नगरपालिका-५ का ४५ वर्षीय मातृका सुवेदीलाई २ ग्राम ५३ मिलिग्राम लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरेको हो।
लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका उनीहरुको घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।