विराटनगर । मोरङको केराबारीको खदम क्याम्पसमा अनेरास्ववियुका उम्मेद्वार संगम कन्दङ्वा विजयी भएका छन् ।
खदम क्याम्पसमा काङ्ग्रेस र माओवादी केन्द्रका विद्यार्थी सङ्गठनको संयुक्त गठबन्धनलाई पराजित गर्दै अनेरास्ववियुका उम्मेद्वार कन्दङ्वा विजयी भएका हुन्। कन्दङ्वाले ५८ मत प्राप्त गर्दा अखिल क्रान्तिकारीका सिमान्त लुइँटेलले २८ मत पाए ।
त्यसैगरी कोषाध्यक्षमा पनि अनेरास्ववियुका सन्देश भण्डारी बिजयी भएका छन् । भण्डारीले ५८ मत प्राप्त गर्दा गठबन्धनका फेमस बराइलीले २९ मत पाए ।
खदम क्याम्पसमा ११ सदस्यीय समितिका लागि ९ जना निर्विरोध निर्वाचित भएका थिए ।