विराटनगर फाल्गुन २१ , गृहमन्त्रालयले होलीमा कसैलाई जबर्जस्ती रङ लगाउने , लोला हान्ने , पानी छ्याप्नेलाई कार्वाही गर्ने साथै कुनैपनि व्यक्तिलाई दुख नदिन आग्रह पनि गरेको छ । मन्त्रालयले जारी गरेको बिज्ञप्तिमा होली पर्वलाई मर्यादित रुपमा मनाउन र जनमानसमा प्रतिकुल असर पार्ने कार्य गर्न र नगराउन अनुरोध गरेको छ । कुनैपनि व्यक्तिको इच्छा बिपरित रङ लगाउनेलाई प्रचलित कानुन बमोजिम कार्वाही गरिने विज्ञप्तिमा उल्लेख छ ।