तस्करी गरेर भारत लैजान लागेको ११ सय केजी गाँजा मोरङ प्रहरीको नियन्त्रणमा

<span class='c1'>तस्करी गरेर भारत लैजान लागेको ११</span> <span class='c2'>सय केजी गाँजा मोरङ प्रहरीको नियन्त्रणमा</span>

विराटनगर । नेपालबाट भारततर्फ लैजादै गरेको ठूलो परिमाणमा मोरङ प्रहरीले गाँजा बरामद गरेको छ ।

मोरङको जहदा गाउँपालिका ७ मुसहरी टोलबाट प्रहरीले एक हजार १ सय ३ केजी गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीका अनुसार, २७ वर्षीय उमेश कामतको घरबाट ३४ पोकामा गाँजा फेला परेको थियो। यी पोकाहरूमा १ हजार ८८ केजी गाँजा रहेको बताइएको छ। प्रहरीले कामतको घर नजिकै जहदा गाउँपालिका वडा नं ५ का ३३ वर्षीय अरबिन साहको घरबाट थप १५ केजी गाँजा बरामद गरेको छ।

दुवै व्यक्तिलाई हिरासतमा लिई थप अनुसन्धान भइरहेको छ।
प्रारम्भिक अनुसन्धानबाट यो गाँजा भारत तस्करी गर्न लागिएको पाइएको छ। पक्राउ परेका दुवै व्यक्तिलाई हाल मोरङ प्रहरी कार्यालयमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्