कुकुरले टोकेर मोरङमा एक जनाको मृ*त्यु

<span class='c1'>कुकुरले टोकेर मोरङमा</span> <span class='c2'>एक जनाको मृ*त्यु</span>

विराटनगर । मोरङमा कुकुरको टोकाइबाट एक जनाको मृत्यु भएको हो ।

मोरङको बेलबारी नगरपालिका–१० भाउन्नेमा छाडा कुकुरले टोक्दा मिक्लाजुङ गाउँपालिका-६ मगर टोलका अन्दाजी ६२ वर्षीय गौडे भनिने कृष्णबहादुर मगरको मृत्यु भएको हो ।

स्थानीयका अनुसार मगरलाई बिहीबार बिहान ९ बजे कुकुरले टोकेको थियो । दायाँ खुट्टाको पिँडुलामा कुकुरले टोकेपछि उनी सडकमा ढलेका थिए । सडकबाट स्थानीयले उद्दार गरी नगर अस्पताल बेलबारी लगेका थिए ।

बेलबारीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगरको कोशी अस्पताल पठाइएको थियो । बेलबारी-१० का वडाध्यक्ष गंगाबहादुर याक्खाका अनुसार कोशी अस्पताल ल्याउन साथ चिकित्सकले मृत घोषित गरेका थिए ।

कुकुरले टोकेको चोटबाट अत्यधिक रक्तश्राव भएका कारण मगरको मृत्यु भएको चिकित्सकले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्