विराटनगरमा श्री राम नवमी एवंम हनुमान जन्मोत्सव भव्य रुपमा मनाउने तयारी

<span class='c1'>विराटनगरमा श्री राम नवमी एवंम हनुमान</span> <span class='c2'>जन्मोत्सव भव्य रुपमा मनाउने तयारी</span>

विराटनगर । श्रीराम नवमी एवम हनुमान जन्मोत्सवको उपलक्ष्यमा विराटनगरमा विविध कार्यक्रम गरी मनाईने भएको छ ।

विश्व हिन्दु परिषद् विराटनगर युवा विभागको आयोजनामा मोटरसाईकल ¥याली तथा साँस्कृतिक झाँकी कार्यक्रम गर्ने भएको हो ।

कार्यक्रमलाई भव्य र सव्य बनाउनके लागि भोलि चैत्र २३ गते शनिबार दिउसो ३ बजे विराटनगरमा बृहत मोटरसाईकल निकाल्ने तयारी रहेको विश्व हिन्दु परिषद् विराटनगरका युवा विभागका अध्यक्ष आलोक साहले जानकारी दिए ।

हजारौँको सख्यामा सहभागी धार्मिक मोटरसाईकल ¥याली विराटनगरको पन्चमुखी हनुमान मन्दिरबाट सुरु भई रोडेशष चौक –रानी हुदै राजवंशी चौकबाट पुन: मेन रोड हुदै मन्दिरमा आएर विश्राम गर्ने साहले बताए ।

त्यसैगरी त्यसको भोली पल्ट अर्थात चैत्र २४ गते आईतबार धार्मिक उत्साह, सांस्कृतिक झाँकी कार्यक्रम रहेको परिषद्ले जनाएको छ । यस्तै चैत्र ३० गते शोभा यात्रा निकाल्ने तयारीमा रहेको छ । विराटनगरको बजार तथा कोशी राजमार्ग अन्तगर्त रोडशेष चौकदेखि बरगाछी चौकसम्मका डिभाइडरमा तथा सिटी रिक्शाहरुमा श्रीराम, लक्ष्मण, सीता, र हनुमानका अंकित झण्डाहरुले सजाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्